प्रधानमन्त्री ओलीको चेतावनी: ‘बेथिति भित्र्याउने त्रिवि कर्मचारीमाथि कठा कारबाही हुन्छ’

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,२५ असार ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बेथिति भित्र्याउने कर्मचारीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालयको कूलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्ने कुनै पनि कर्मचारीमाथि कडा कारबाही गरिने बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालयको ६०औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित प्राज्ञ सभामा बोल्दै उनले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीहरुलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने बताए ।

प्रधानमन्त्री ओलीले मुलुकको आवश्यकता अनुसार दक्ष जनशक्ति निर्माणमा अग्रसर हुन पनि सबै विश्वविद्यालयहरुलाई आग्रह गर्दै शिक्षा क्षेत्रलाई विश्वमै प्रतिस्पर्धा गर्न लायक बनाउन सरकार प्रतिवद्ध रहेको दावी गरे । एस काठमाडौं

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...