र्‍याप गायक मायाले सरकारको नयाँ र्‍याप “भन के चाहियो” सार्वजनिक

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

र्‍याप गायक मायाले सरकारको नयाँ र्‍याप गीत भन के चाहियो सार्वजनिक भएको छ । गीतमा आफ्नै जीवनको भोगाइका विषयवस्तु समेटिएको गायक सरकारले फिल्मी टिभीलाई बताएका छन । गीतमा नोर्साङ सेर्पा, रिजु क्षेत्री, आयुषी थापा , रबिना खर्बुजा , स्नेहा बान्तवा राई , शिलु पोख्रेल , सञ्चु लामा , सौरङ्ग लामा ,राज रसाइली (कमान्डो) आदिको अभिनय रहेको छ भने गायक सरकार स्वम्को मूख्य अभिनय रहेको छ । लोकेन्द्र सुब्बाको एडिटिङ राजेन्द्र पाण्डेको छायाँकन, राजकुमार तामाङको निर्देशन रहेको उक्त गीत एनपीअएल रेकर्डस्बाट सार्वजनिक तथा वन वल्र्ड प्रोडक्सन र जुक क्रियसनले निर्माण गरेको हो । सरकारका यस अघि डण्ठे (१००), काठमाडौको गर्मी , फरक लगायत एक दर्जनभन्दा बढि गीत सार्वजनिक भइसकेका छन् । आज सार्वजनिक गीत भन के चाहियो तलको लिंकमा छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...