नेपाललाई लाग्यो कडा झड्का, पहिलो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल क्याच आउट

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालालाई कडा झड्का लागेको छ । कुवेतले दिएको १४२ रनको चुनौती पछ्याए लगत्तै नेपालले जवाफी ब्याटिगं थालेको नेपालले पहिलो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्लालाई गुमाउन पुगेको छ । नेपालका लागी ओपनरका रुपमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको साझेदारी जमीरहेका बेला १ छक्का र २ चौका प्रहार गरे लगत्तै ज्ञानेन्द्र आउट बुन पुगे । यो समाचार तयार पार्दासम्म कप्तान पारस खड्काले ४ ओभरको समाप्तिमा १ विकेट गुमाउँदै ४५ रनको योगफल तयार पारेको छ । अहिले क्रिजमा कप्तान पारस र शरद भेषवाकारले साझेदारी गरिरहेका छन् ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा जारी खेलमा नेपालका तर्फबाट आज सन्दीप लामिछाने र बसन्त रेग्मीले ३र३ विकेट लिए । आजको खेलमा नेपालका तर्फबाट कप्तान पारस खड्का ,ज्ञानेन्द्र मल्ल, बिनोद भण्डारी, शरद भेषावाकर, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, अभिनाश बोहरा, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेलले खेलीरहेका छन् । यसैबिच आईसीसी टी–२० विश्वकपको एसिया छनोटमा नेपाल शीर्ष स्थानमा रहने संभावना बढेर गएको छ ।

जसका लागी नेपालले अब बाँकी खेल्नुपर्ने कुवेत र सिंगापुरविरुद्धका खेलमा नतिजा आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ । यसअघि दुई खेलमा जितविहिन बनेको कुवेतले आज कतारलाई १० रनले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा कुवेतले पहिले ब्याटिङ गर्दै २० ओभरमा १९७ रन बनाएको थियो । शीर्ष स्थानका लागि अब नेपालसँगै सिंगापुर र कुवेत दाबेदार बन्ने निश्चित छन् । प्रतियोगिताको अन्तिम खेलमा नेपालले सिंगापुरसँग मैदानी संघर्ष गर्नेछ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...