सुन तोलाको ६७ हजार ८ सय, एकै दिन १५ सय रुपैयाँले बढ्याे

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

सोमबार प्रतितोला सुनको मूल्य ६७ हजार ८ सय पुगेको छ । आइतबार प्रतितोला ६६ हजार ३ सयमा कारोबार भएको सुन सोमबार एक्कै दिनमा १ हजार ५ सय रुपैयाँले बढेर ६७ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जानकारी दिएको छ । । शुक्रबार ६५ हजार ८ सयमा कारोबार भएको सुन आइतबार ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै यसको असर घरेलु बजारमा परेको महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताए । चीन र अमेरिकी व्यापार विवादका कारण सुनको मूल्य उकालो लागेको हो,’ उनले भने ‘बजार भन्न सकिने अवस्थामा छैन ।’ अझै उकालो लाग्न सक्छ ।’ महासंघका अनुसार यस अघि २०७० साउनमा एकै दिन प्रतितोला सुनमा ३ हजार ५ सय रुपैयाँले बढेको थियो ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन १२ अमेरिकी डलरले बढेर १ हजार ४ सय ५३ डलर पुगेको छ । आइतबार बाह्य बजारमा प्रतिऔंस सुनको भाउ १ हजार ४ सय ४१ अमेरिकी डलर थियो ।

अमेरिकी फेडल रिजर्भ बैंकले गत जुलाई ३१ मा ब्याजदर घटाएर ०.२५ प्रतिशतमा झारेपछि लगानीकर्ताको ध्यान सुनमा आकर्षण हुँदा मूल्य बढेको हो । त्यसरी अमेरिकी राष्ट्रपति रोनाल्ड ट्रम्पले चीनबाट आयात हुने ३ अर्ब मूल्य बराबरको सामानमा १० प्रतिशतले भन्सार महसुश बढाएका कारण यसको प्रत्यक्ष असर आर्थिक क्षेत्रमा पर्दा सुन बजार मह्गिएको उनले बताए ।

‘पछिल्लो अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बनेको छ,’ शाक्यले भने ‘यसले पनि घरेलु बजारमा सुनको मूल्य बढाउन सहयोग गरेको हो ।

३० प्रतिशतपनि छैन सुन व्यापार

पछिल्लो समय सुन मह्गो भएपछि सुन बजार घट्दै गएको छ । बजारमा ग्राहकको चहलपहल घट्दा त्यसको प्रत्यक्ष असर सुन बजारमा परेको हो । बिहीबार ६५ हजार रुपैयाँमा कारोबार भएको प्रतितोला सुन सोमबारसम्म आइपुग्दा चार दिनको अवधिमा दुई हजार ८ सय रुपैयााँले वृद्धि भएको छ ।

साउन महिना त्यसै पनि सुन कारोकारका त्यति राम्रो मानिदैन,’ उनले भने ‘अझ भाउ उकालो लागेपछि बजार ३० प्रतिशतमा सीमित भएको छ ।’ भाउ माथि जाँदा कारोबार तल ओर्लिएको छ उनले भने ‘अहिले अन्य समयको भन्दा ३० प्रतिशतभन्दा कम सुन बिक्री हुन थालेको छ ।’

चाँदीको मूल्य पनि बढ्यो

चाँदीको मूल्य पनि एक्कै दिन २० रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य सात सय ९५ रुपैयाँ पुगेको छ । आइतबार प्रतितोला चाँदी ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...