पत्रकार शालिकराम पुडासैनीको घर पुग्दा थामिएन आँशु, साइला दाइले खोले यस्तो रहस्य ! (भिडियो)

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ साउन ।

माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटेलमा मृ*त फेला परेको घटनाले अहिले उग्र रुप लिएको छ
चितवनको नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा झु*ण्डि*एको अवस्थामा उनी फेला परेका हुन् ।
सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नम्बर कोठामा उनी बसेका थिए । साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राती १० बजे प्रहरीलाई खबर गरिएको थियो ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमरी घर भएका पत्रकार पुडासैनी माउण्टेन टेलिभिजनमा ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए । यसअघि उनी न्यूज २४ को सिधा ‘कुरा जनतासंग’ कार्यक्रममा कार्यरत थिए ।
उनको हिजो मात्र पशुपति आर्यघाटमा दहसंस्कार गिएको छ । दहसंस्कार पछी सबै परिवार बेल्कोट कुमरी पुगेका थिए । उनको कुमारीस्थित घरमै गैर रंगिन टिभीले उनको परिवारसंग कुरा गरेको छ । उनका साइला दाईले सालिक राम एकदम निडर व्यक्ति भएका कारण उनले आ*त्मह*त्या गर्न नसक्ने बताए । उनको झु*ण्डि*एको बस्तुस्थिति हेर्दा आ*त्मह*त्या भन्न नसकिने बताएका छन् । यदि उनले आ*त्मह*त्या नै गरेका हुन् भने पनि कसैको कारणले गरेका हुन् त्यसको छानबिन गर्नुपर्छ । यदि त्यसो गरे आफु चुप लागेर नबस्ने बताएका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...