ब्राजिलबाट पुरुषको खोजीमा ६ सय जना अविवाहित महिला

हाम्रो सन्देश संवाददाता

केटाहरुको सख्यामा अत्याधिक कमी भएको कारण ब्राजिलका युवतीहरु युवाहरु खोज्दै हिड्ने गर्दछन् । नेपालमा युवाहरु केटी माग्न केटीको घरमा पुग्दछन भने ब्राजिलमा त्यसको उल्टो केटीहरु उल्टै केटापक्षको घरमा पुग्ने गर्दछन् । त्यस कारण त्यहाँका केटीहरु जो पायो त्यहि केटासँग विवाह गर्न बाध्य भएका हुन। यस्तै अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न थालेको छ। जहाँ १ सय जना महिलामा ९८ जना मात्र पुरुष रहेका छन्। यो अवस्थालाई हेर्ने हो भने दशौँ जार पुरुषको कमी भएको पाइन्छ । तर चीनमा भने महिलाको कमी रहेको छ।

ति युवकका लागी कहिलेकाहीँ त युवतीहरुबिच कुटाकुट समेत हुने गरेको बताइन्छ। उनीहरु एसियासम्म केटाको खोजीमा रहेको छन् । केही समयअघि नेपालसम्मै ब्राजिलका युवती केटा खोज्न आएको खबर आएको थियो ।

मस्त जवानी धपक्क बलेको रुप तर अनेक चाहार्दा पनि विहेका लागि केटा नै भेटिँदैन। युवतीहरुमा देखिएको यो समस्या ब्राजिलको हो। ब्राजिलको नोइभा डो कोर्डेरियो गाउँमा ३५ बर्ष मुनीका ६ सय जना अविवाहित महिलाहरु रहेका छन्। तर अविवाहीत पुरुष भने १ जना पनि छैनन्।६ सय जना महिला तथा युवतीहरु विवाहको लागि पुरुष नपाए पछि सामुहिकक रुपमा पुरुषको खोजीमा छन्। समग्र ब्राजिलमा भने १ सय जना महिलाको भागमा ९८ जना मात्र पुरुष पर्छन्।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...