राष्ट्रपतिको भूमिका निष्पक्ष भएन, राजसंस्थालाई त्यो भूमिका दिनुपर्छ– अध्यक्ष राणा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ साउन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर राणाले नेपालमा राष्ट्रप्रमुखको भूमिका निश्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित एक साक्षात्कारमा अध्यक्ष राणाले पार्टीको नेता राष्ट्रपति भएकोले उनीहरुको भूमिका निश्पक्ष हुन नसकेको बताए ।

नेपालको राजसंस्था निश्पक्ष र कुनैपनि पार्टीमा आवद्ध नभएकोले राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्ने अध्यक्ष राणाको भनाइ छ ।

अध्यक्ष राणाले आफ्ना जिजु काकाले दिएको दरबारले पनि नपुगेर अहिले राष्ट्रपतिका लागि प्रहरी तालिम केन्द्रको जग्गामा कार्यालय बनाउन लागिको भन्दै आपत्ति जनाए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...