पूर्वसहकर्मी साथी गुमाउनुपर्दा रवि लामिछाने भए भावुक, लेखे यस्तो स्टाटस

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ साउन ।

चितवनको एक होटलमा माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । माउण्टेन टिभीमा मिसन न्यूज कार्यक्रम चलाउँदै आएका पत्रकार पुडासैनी चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डि एको अवस्थामा भेटिएका हुन् ।

उनले न्यूज–२४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए । पत्रकार शालिकराम पुडासैनीको यस्तो दुखद खबर सुनेपछी पत्रकार रबि लामिछानेले सामाजित सञ्जालमा एक स्टाटस लेखी श्रद्धाञ्जली दिएका छन् ।

यस्तो छ पत्रकार रवि लामिछानेको स्टाटस :

स्तब्ध छु।मर्न नडराउने भाई शालिकराम पुडासैनीले कसरी आफैलाई मार्ने निर्णय गरे होलाल्। छातीमा लात्त्ती खाई खाई पनि प्रश्न सोध्न नडराउने उनको छाति भित्रको मुटु यति कमजोर थियो जस्तो मलाई कहिलेपनि लागेन।

नयाँ अवसर मिलेको छ दाइ, केहि गर्छु भनेर करिब ढेड महिना जति अघि टिमबाट बिदा लिएर गएका भाइ शालिकराम, हिजो राति चितवनको एक होटलमा झुन्डिएको अवस्थामा भेटिएका छन।

यो घटना उनको ब्यक्तिगत जीवन वा पत्रकारिता मध्य के ले प्रभावित पारेर भयो भन्ने लगायतका तथ्य त प्रहरी अनुसन्धान पछि आउला तर भाइ शालिकराम चाहिँ अब कहिले नआउने गरि बिदा भए। शालिक,सिधाकुरा टिम तिमीलाई सधै सम्झिरहने छ। हार्दिक श्रद्धाञ्जली भाइ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...