बालिका बलात्कार अभियोगमा ५२ वर्षीय तीर्थराज पक्राउ

हाम्रो सन्देश संवाददाता

मध्यपुरथिमि,२६ साउन ।

नातिनी उमेरकी एक बालिकालाई डरधम्की देखाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका– १ दधिकोट तर्खर्गालमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले ५२ वर्षीय तीर्थराज न्यौपानेलाई आज पक्राउ गरेको हो । छिमेकी नातिनी उमेरकी बालिकालाई पटक पटक दुव्र्यवहार गरेको र पछि बलात्कार गरेको उजूरी परेपछि महानगरीय प्रहरी वृत्त थिमीले पक्राउ गरी अनुसन्धान शुरु गरेको नायब उपरीक्षक शान्तिराम कोइरालाले जानकारी दिए । पीडित बालिकाको भक्तपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको उनले बताए । आज म्याद थप गरी आवश्यक अनुसन्धान र कारवाही अगाडि बढाउने प्रहरीको भनाइ छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...