महानगरपालिकाका कर्मचारी बालिका बलात्कार आरोपमा पक्राउ

हाम्रो सन्देश संवाददाता

साउन २९, काठमाडौँ ।

एक ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा काठमाडौं महानगरपालिकाका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिकाका कुचीकार प्रमुख कर्मचारी ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन्। पुजारी काठमाडौँ महानगरपालिका–१७ मा बसोबास गर्छन।

बालिकाले आफ्नी आमालाई पुजारीले बलात्कार गरेको घटनाबारे जानकारी गराएपछि आइतबार बालिकाको परिवारले प्रहरीमा उजुरी हालेको थियो ।

उजुरी परेसँगै पुजारीलाई बागबजारबाट पक्राउ गरेर अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बताए ।

बालिकाको परिवारले पुजारीले काठमाडौं महानगरपालिकाकै मुख्य कार्यालयमा लगेर बालिकालाई बलात्कार गरेको आरोप लगाएका छन्।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...