सिधा कुरा टिमले अष्ट्रेलिया जान केटि मिलाई दिन्छु भन्दै मलाइ फसाए भन्ने शालिकरामको आरोप निराधार, भेटिए यस्ता प्रमाण !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ७ भदौ ।

२० साउनमा माउन्टेन टेलिभिजनका पत्रकार कालिकराम पुडासैनी चितवनको एक होटलमा मृ*त अवस्थामा फेला परेपछि ओखलढुंगाकी रुकु भनिने अस्मिता कार्कीको नाम सतहमा आयो।शालिकरामको मोवाइलमा प्रहरीले फे*ला पारेको भिडियोमा उनले आफ्नो आ*त्मह*त्याको दोष यिनै २२ वर्षीया अस्मिता, पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेललाई लगाएका छन्।

चर्चाको यो कोलाहल माझ छायामा परेकी अस्मिताबारे भएको खोजले उनी कसरी परिबन्धमा परेकी थिइन् भन्ने मात्र देखाउँदैन, आ*त्मह*त्या गरेका पत्रकार शालिकरामले उनलाई कसरी निरन्तर मा*नसिक या*तना दिइरहेका थिए भन्ने पनि प्रष्ट पार्छ।

यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।शालिकराम र अस्मिताबीच विभिन्न चरणमा फेसबुक म्यासेन्जर र एसएसमार्फत भएका कुराकानीसम्बन्धी त*थ्य भेट्टाएको छ, जसले अस्मिता र शालिकरामको प्रेम प्रकरणमा रवि र पत्रकार युवराजको कुनै प्रत्यक्ष सं*लग्नता नरहेको देखाउँछ।

अस्मिता कार्की र पत्रकार शालिकराम पुडासैनीको कुराकानीका प्रत्येक प्र*माण केलाउँदा रञ्चारकर्मी रवि लामिछाने शालिकराम र अस्मिताबीचको सम्बन्धबार उति जा*नकार देखिँदैनन्।रविको ख्या*तीलाई शालिकरामले बारम्बार भजाउन खोजे पनि उनीहरुको कुराकानीमा रविको कुनै भूमिका रहेको प्रसंग देखिँदैन।

शालिकरामले भने बा*रम्बार आफू रविसँग काम गरेको भन्दै आफ्नो ओज देखाउने प्रयास गरेको देखिन्छ । रविलाई शालिकरामले लेखेका थिए, ‘दाइ मलाई माफ गर्नुहोला। तपाईंहरुले अफिसमा मलाई सधैँ जि*स्क्याउने मान्छेले मलाई धो*का दिएकी छ दाइ।’

यसैबिच पत्रकाहरुको हक अधिकारका क्षेत्रमा काम गर्ने संगठन पत्रकार महासंघ लगायत संगठनहरुले रवि लामिछानेको लागि सहयोगन नगर्ने भएको हो ।

रवि लामिछाने आफैले आफु पत्रकार नभएको र ‘पत्रकारको प्रेस पास लिनु भन्दा बरु टुँडिखेलमा जुत्ता पालिस गरेर बस्छु’ भनेर अभिब्यक्ति दिएका कारण महासंघ लगायतका सगठनले उनलाई सहयोग नगर्ने भएको हो ।

लामीछाने आफैले आफु पत्रकार नरहेको र आफुलाई प्रेसपास नचाहिने बताएका थिए । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले रविको सोही अभिब्यक्तिका कारण पत्रकार महासंघ लगायत संगठनले उनलाई सहयोग नगरेको बताए । यस अघि प्रेस चौतारीका अध्यक्ष गणेश वस्नेतले पनि आफु युवराजलाई भेट्न चितवन जान लागेको बताएका थिए । उनले रविको नाम लिएनन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...