रविले अपिल त्रिपाठीसँग भने मलाई यी ४ वटा विषयमा चासो रहेको छ

हाम्रो सन्देश संवाददाता

चितवन, ७ भदौ ।

प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई गण्डकी छड्के कार्यक्रमका प्रस्तोता एवं पत्रकार अपिल त्रिपाठीले भेटेका छन् । प्रहरी हिरासतमा रहेका लामिछानेलाई त्रिपाठीले हिरासतमै पुगेर कुराकानी गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् :

भेटका क्रममा त्रिपाठीलाई लामिछानेले मुख्य चारवटा विषयमा चासो रहेको बताएको उल्लेख गर्दै त्रिपाठीले आफ्नो फेसबुक वालमा लेखेका छन् । प्रहरीको हिरासतमा रहेका रवि लामिछाने र युबराज कँडेललाई भेटेँ, रवि लामिछानेको आत्मबिश्वासमा कुनै कमि देखिन, भेटमा उहाँले मुख्यतः ४ वटा बिषयमा कुरा गर्नु भो,

१, मलाई फसाउन खोजियो,
२, प्रहरी अनुसन्धानको प्राथामिकता बारे,
३, म यहाँ छु, धेरै जनताका समस्या टेलिभिजनमा देखाउन छुटिसके,
४, अस्ति अदालतमा भएका बिषय, साथै चितवनका एसपी, डिएसपी , जिल्लाका राजनैतिक दलका केही नेता र प्रदर्शनकर्ताका अगुवा सँग पनि भेटघाट भयो, घटनास्थलमा पनि पुगे, अधिकांश सुचना प्रहरीले लुकाएको छ, परिस्थिति लाइ आफू अनुकुल बनाउन केही तत्वहरु मार्फत पुडासैनिको ला,शमाथि लाजनिती पनी गरिएछ, (नोट म भाषण गर्न चाही आएको हैन है)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...