दशै तिहारको उपलक्ष्यमा यस्ता छन् वल्र्ड लिंकको नयाँ स्किम

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

दशै र तिहारको उपलक्ष्यमा वल्र्ड लिंक कम्युनिकेशनस् लिमिटेडले स्किम ल्याएको छ।

कम्पनीले ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टीभी र एक वर्ष नि:शुल्क नेट टीभी सेवा २५ हजार ९९० रुपैयाँ पाउने स्किम ल्याएको छ।

यो अफर २५,४० र ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाका प्लानमा उपलब्ध हुनेछ। यसको अतिरिक्त वल्र्ड लिंकले ग्राहक वर्गमा कुनै पनि सामान्य टिभीलाई युट्युब फिचर मार्फत स्मार्ट टिभी बनाउने सुविधा पनि प्रदान गरिसकेको छ।

सम्पूर्ण नयाँ तथा नियमित ग्राहकहरुले खल्ती एपमा उपयोग हुनेगरी २५० नगद ब्यालेन्स प्राप्त गर्न सक्ने छन्।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...