त्रिभुवन विमानस्थलबाट बाहिर निस्कदा परे एलेन गुरुङ अपहरणमा

हाम्रो सन्देश संवाददाता

भदौ २६, काठमाडौं ।

त्रिभुवन विमानस्थल एयरपोर्टबाट बाहिर निस्कदा एलेन गुरुङ अपहरणमा परेका छन् । कास्की जिल्ला घर भएका एलेन गुरुङ कतैबाट एयरपोर्ट बाहिरिने क्रममा अपहरणमा परेका हुन् ।

उनलाई सिन्धुपाल्चोकका दिनेश लामा सहित चारजनाको समुहले अपहरण गरेको हो । अपहरण परेको सुचना पाएसँगै गुरुङ र चारजना अपहरणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं परिसरका डिएसपी एवं प्रवक्ता होविन्द्र वोगटीले बताए ।

अपहरणकारीलाई पक्राउ गर्न कालीमाटी वृतका प्रमुख एवं डिएसपी रुगम कुवँरको खटिएको टोलीले पक्राउ गरेको स्रोतले बतायो । उनीहरुबीच आर्थिक कारोबार रहेको स्रोत बताउँछ । उक्त घटनाबारे प्रहरीले छानविन गरिरहेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...