अर्थ

कृषकलाई प्रोत्साहित गर्दै कृषि कार्यालय

२०७१ वैशाख १५ गते १५:१७

बागलुङ, १५ वैशाख : जिल्लामा कृषि क्षेत्रको विकासका लागि प्रविधि प्रसारका क्रियाकलाप अघि बढेका छन् । एकठाउँमा भएका सीप, ज्ञान र दक्षतालाई अर्को ठाउँमा प्रसार गरी सबै किसानलाई कृषिमा आत्मनिर्भर बनाउन जिल्ला कृषि विकास कार्यालयले यस्तो विधि उपयुक्त ठानेको हो । कार्यालयले रणनीतिक हिसाबले...

नेपाल वायु सेवा निगमको सेवा विराटनगरबाट सुरु हुने

२०७१ वैशाख १५ गते १५:०७

विराटनगर, १५ वैशाख : लामो समयदेखि बन्द रहेको नेपाल वायु सेवा निगमको विराटनगरदेखि काठमाडाँैको यात्रा वैशाख २७ गतेबाट सुरु हुने निगमको पूर्वाञ्चल क्षेत्रीय प्रबन्धक हिमालचन्द्र गौतमले जानकारी दिनुभएको छ । चीन सरकारले एमए ६० को ५६ सिट क्षमताको जहाज नेपाललाई दिएपछि यो सेवा सुरु...

आजबाट पेट्रोलियम सहज

२०७१ वैशाख १५ गते ४:५१

काठमाडौं, १५ बैशाख : दुई साता लामो संकट पछि आज बिहानैबाट उपत्यकामा पेट्रोलियम पदार्थको सहज आपूर्ती शुरु भएको छ । सेना, प्रहरी, सशस्त्र र साझा सहकारीबाट संचालित पम्पसँगै निजी क्षेत्रका पम्पले पनि आज विहानदेखी तेल वितरण शुरु गरेका छन् । यसअघि निजी क्षेत्रका पम्पले...

वीस करोडमा २९ हजार शौचालय निर्माण

२०७१ वैशाख १४ गते २:०९

सिन्धुपाल्चोक, १४ वैशाख : सरसफाइ अभियानमा होमिएका सिन्धुपाल्चोकका बासिन्दाले पछिल्लो दुई वर्षमा शौचालय निर्माणमा २० करोड रुपियाँभन्दा बढी रकम खर्चेका छन्। सन् २०१५ भित्र सिन्धुपाल्चोकलाई खुला दिसामुक्त बनाउने सरकारी योजना छ। अभियान सञ्चालनपछि जिल्लामा जनस्तरबाट २९ हजार पक्की शौचालय बनेका छन्। एउटा शौचालय निर्माणमा...

माथिल्लो तामाकोशीको साधारण सेयर छिट्टै आउने

२०७१ वैशाख १३ गते २:१९

१३ बैशाख काठमाडौं : ४५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत परियोजनाले आगामी एक महिनासम्ममा ३ अर्ब ६० करोड ६ लाख रुपैयाँ बराबरका साधारण सेयर जारी गर्ने संभावना बढेर गएको छ । नेेपाल धितोपत्र बोर्डले अनुमति विवरणको सुधारका लागि पत्रमचार गरेलगतै कम्पनीले सेयर निष्काशन...

मौका छोपी कालोबजारी

२०७१ वैशाख १२ गते २:३२

मोरङ, १२ वैशाख : अभाव भएको मौका छोपी कालोबजारी गर्नेहरुले पेट्रोल प्रतिलिटर पाँचसय रुपियाँसम्ममा बिक्री गरिरहेका छन् । ग्रामीण भेगका बजारमा सञ्चालित किराना पसलमा बोतलमा राखेर प्रतिलिटर पाँचसय रुपैयाँका दरले पेट्रोल बिक्री भइरहेको छ । विराटनगरमा भने प्रतिलिटर दुई सय रुपैयाँसम्ममा बिक्री हुन्छ ।...

चित्रेमा आन्तरिक पर्यटकको आकर्षण

२०७१ वैशाख ११ गते १४:१७

पर्वत, ११ वैशाख : प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासेको काखमा अवस्थित पर्वतको चित्रेमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । विगत तीन वर्षदेखि होमस्टे सेवा सुरु भएको चित्रेमा आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढेको हो । पर्यटकका लागि गन्तव्य स्थानका रुपमा विकास हुँदै...

रु पचास करोड विद्युत् रोयल्टी वितरण हुँदै

२०७१ वैशाख ११ गते १४:११

काठमाडौँ, ११ वैशाख : सरकारले यसपटक वितरण गर्न लागेको विद्युत् रोयल्टीमध्ये सबैभन्दा बढी रोयल्टी गोरखा जिल्ला विकास समितिले प्राप्त गर्ने भएको छ । ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले तयार पारेको रोयल्टी वितरणको तालिकाअनुसार यसपटक गोरखा जिविसले सबैभन्दा बढी रु तीन करोड ८५ लाख रोयल्टी...

टिकट बिक्रीबाट रु चार करोडभन्दा बढी आम्दानी

२०७१ वैशाख ११ गते १४:०६

ललितपुर, ११ वैशाख : पछिल्लो पटक सञ्चालनमा आएको साझा यातायातले एक वर्षको अवधिमा टिकट बिक्रीबाट रु चार करोडभन्दा बढी आम्दानी गरेको छ । पटकपटक विभिन्न समयमा बन्द रहँदै आएको साझा यातायात पछिल्लो पटक विसं २०६४ जेठदेखि करिब छ वर्ष बन्द थियो । विसं २०७०...

खिम्ती किन्न सरकार तयार

२०७१ वैशाख १० गते ३:४९

काठमाडौं, १० वैशाख : सरकारले ‘गलत हाइड्रोलोजीु देखाएर गरिएको विद्युत खरिद सम्झौता (पिपिए) पुनरावलोकन गर्न आनाकानी गर्ने हिमाल पावर लिमिटेडबाट खिम्ती जलविद्युत आयोजना आफैं किन्ने तयारी गरेको छ। हिउँदमा कम पानी बहने प्रतिवेदन (गलत हाइड्रोलोजी) बनाएर हिमाल पावरसँग अमेरिकी डलरमा पिपिए गराउने तत्कालीन निर्णयकर्तासमेत...