अर्थ

तीन अर्ब ९१ करोडको कृषिजन्य बस्तु आयात

२०७३ चैत १० गते १४:१७

कञ्चनपुर, १० चैत । भारतबाट कञ्चनपुरमा रु तीन अर्ब ९१ करोड ५८ लाख २४ हजार बराबरको कृषिजन्य बस्तु आयात गरिएको छ । कृषि विकास कार्यालयका अनुसार आव २०७२÷७३ देखि चालु आवको हालसम्ममा एक लाख पाँच हजार ५५ मेट्रिक टन कृषिजन्य बस्तु भारतबाट आयात गरिएको...

कुमारी बैंकले नगद लाभांश वितरण गर्ने

२०७३ चैत ९ गते १२:४६

काठमाडौँ, ९ चैत । कुमारी बैंकले एक दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको आज सम्पन्न १६औँ साधारणसभामा रु दुई करोड ९७ लाख ८६ हजार बराबरको बोनस लाभांश सेयर वितरण गर्ने जनाएको छ । सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पँुजीको...

नुवाकोटमा एक अर्बको आलु उत्पादन

२०७३ चैत ९ गते १२:३९

त्रिशूली, ९ चैत । नुवाकोटमा यस वर्ष रु एक अर्ब १० करोडको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे याममा गरी ७२ हजार ७०० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार गत...

ऊर्जा क्षेत्रको विकासबाट नेपाललाई मध्यमआय भएको मुलुकमा स्तरोन्नति गरिने

२०७३ चैत ९ गते १२:३७

काठमाडौँ, ९ चैत । ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको सामाजिक–आर्थिक विकासको बाहक ऊर्जा क्षेत्र नै भएकाले त्यसैको विकासका लागि वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको छ । अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा विकासोन्मुख साना टापु राज्यका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय, नेपाल सरकार र यहाँस्थित राष्ट्रसङ्घीय...

सिरहामा पेट्रोलियम पदार्थको अभाव

२०७३ चैत ८ गते १३:२३

लहान, ८ चैत । सिरहामा पेट्रोलियम पदार्थको कृत्रिम अभावका कारण उपभोक्ता मारमा परेका छन् । विशेषगरी दुईपाङ्ग्रे साना सवारी साधनका चालकले लाइनमा बसेर पनि पेट्रोलको अभाव भोगिरहेका छन् । लहान, गोलबजार, मिर्चैया, सिरहा माड्र, बन्दीपुरलगायत बजार तथा जिल्लाको ग्रामीण भेगमा रहेका पेट्रोल पम्पमा पेट्रोलियम...

घारखोला जलविद्युत् आयोजना निर्माण सुरु

२०७३ चैत ८ गते १३:१८

बाबियाचौर (म्याग्दी), ८ चैत । अन्नपूर्ण गाउँपालिकाको घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । म्याग्दी हाइड्रोपावर कम्पनीले रु दुई अर्ब ४१ करोड ५८ लाख लागतको सो आयोजना निर्माण सुरु गरेको हो । आयोजना २०७६ साल मङ्सिरमा सञ्चालनमा ल्याउने लक्ष्य...

असिना, हावाहुरीले लिची र आँपमा क्षति

२०७३ चैत ८ गते ३:५३

गाईघाट (उदयपुर), ८ चैत । सोमबार दिउँसो आएको हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा व्यापक क्षति भएको छ । अचानक वर्षासँगै आएको हावाहुरी र असिनाले भर्खरै फुल्न लागेको आँप र...

पाँच लाखभन्दा बढी घरधुरीले पहिलो किस्ता पाए

२०७३ चैत ७ गते १४:०२

काठमाडौँ, ७ चैत । भूकम्पको दुई वर्ष बित्न लाग्दासमेत अतिप्रभावित १४ जिल्लाका केही पीडितले अनुदान सम्झौता गर्न पाएका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यामलाल भुसालले दिनुभएको जानकारीअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामा सम्पर्कमा नआएका, बस्ती जोखिममा परेका र जग्गाको स्वामित्व नभएका लाभग्राहीसँग मात्र अनुदान...

पेट्रोलियम पदार्थ बिक्रीवितरण उपभोक्तामैत्री बनाऊः समिति

२०७३ चैत ७ गते १३:२६

काठमाडौँ, ७ चैत । व्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पेट्रोलियम पदार्थको आयात तथा बिक्रीवितरणलाई पारदर्शी एवम् उपभोक्तामैत्री बनाउन निर्देशन दिएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको उपभोक्ता हितसम्बन्ध उपसमितिको आजको बैठकले नेपाल आयल निगमले आयात तथा व्यापार गर्दै...

टेलिकमलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री

२०७३ चैत ६ गते १०:५७

काठमाडौँ, ६ चैत । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मुलुकको प्रतिष्ठासँग जोडिएको नेपाल टेलिकमको सेवालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइनुपर्ने खाँचो आँैल्याउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठन टेलिकमको एकता घोषणा सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले टेलिकमको क्षमता विस्तार गरी...