अर्थ

नापी सर्वेक्षक घुस लिएको आरोपमा पक्राउ

२०७३ चैत १८ गते ११:४८

सिन्धुली, १८ चैत । सिन्धुलीको कमलामाई नगरपालिकाका नापी सर्वेक्षक सन्तोषकुमार श्रेष्ठ घुस लिएको आरोपमा आज पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटाँैडा सम्पर्क कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो । कमलामाई नगरपालिकामा बाटो छुट्याइदिएबापत रु २२ हजार पाँच...

पत्रकारका लागि गेष्ट हाउसमा ५० प्रतिशत छुट

२०७३ चैत १८ गते ९:५७

चितवन, १८ चैत । उद्योग वाणिज्य सङ्घ चितवनद्वारा सञ्चालित गेष्ट हाउसमा पत्रकारका लागि ५० प्रतिशत छुट दिइने भएको छ । नारायणी नदीको किनारमा रहेको सो गेष्ट हाउसमा एसिसहितका पाँचवटा र एसिरहित ११ वटा कोठा छन् । यसअघि सो गेष्ट हाउसमा पत्रकारलाई ३० प्रतिशत छुट...

राउटे तरकारीखेतीतर्फ आकर्षित

२०७३ चैत १६ गते १३:३१

डडेल्धुरा, १६ चैत । परशुराम नगरपालिका आमपानीमा बस्दै आएका राउटे पछिल्लो समयमा व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि राउटे यसतर्फ आकर्षित भएका हुन् । जङ्गलमा पाइने तरुल गिठा, भ्याकुरजस्ता खानेकुरा छोडेर हाल उनीहरू तरकारीखेती गर्न थालेका छन्...

धान उत्पादन बढाउन अनुदान

२०७३ चैत १६ गते १३:०९

त्रिशूली (नुवाकोट), १६ चैत । चैतेधानको उत्पादन बढाउनका लागि जिल्ला कृषि विकास कार्यालयले किसानलाई अनुदान दिने भएको छ । चालु आवबाट सुरु भएको बृहत्तर धान उत्पादन कार्यक्रममार्फत किसानलाई अनुदान दिन लागिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमल गैरेले बताउनुभयो । धानको उत्पादन वृद्धि...

तीनसय ७७ हेक्टरमा लगाइएको बालीको बिमा

२०७३ चैत १६ गते १३:०१

चितवन, १६ चैत । जिल्लामा ३७७ दशमलव १३ हेक्टर क्षेत्रफलमा लगाइएको बालीको बिमा गरिएको छ । केरा, माछा र तरकारी बालीको बिमा गरिएको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाले जानकारी दिनुभयो । जिल्लामा एक हजार ६२५ हेक्टरमा केरा, छ हजार ५७९...

‘नीतिगत सुधारले वैदेशिक लगानीको वातावरण बन्यो’

२०७३ चैत १४ गते १६:०६

काठमाडौँ, १४ चैत । सरकारले आर्थिक समृद्धिको योजनालाई केन्द्रबिन्दुमा राखेर नीतिगत सुधार एवम् समयानुकूल संशोधन गरेपछि वैदेशिक लगानीका लागि नेपाल उपयुक्तस्थलका रुपमा विकास भएको यहाँ आज आयोजित कार्यक्रममा जानकारी दिइयो । सरकारले आर्थिक समृद्धि एवम् विकासको कामलाई पहिलो प्राथमिकतामा राखेको र कानुनी अड्चन तथा...

अमेरिकामा मन्दिर निर्माण गर्न नेपालीद्वारा छ लाख डलरमा जग्गा खरिद

२०७३ चैत १४ गते ६:१९

वासिङ्टन डिसी, १४ चैत । नेपालीको बाहुल्यता भएको मेरिल्यान्ड राज्यमा नेपाली संस्कृति झल्कने हिन्दू बौद्ध मन्दिर निर्माणका लागि छ लाख ८० डलरमा जग्गा तथा भवन खरिद गरिएका छन् । बैंकको लिलाममा रहेको करिब १० लाख डलर पर्ने मूल्यको ३१ एकड जमिन र बङ्गला, सहायक...

साढे छ हजार पशु बिमा

२०७३ चैत १३ गते ८:३५

फलेवास (पर्वत), १३ चैत । आफूले पालेका पशुको बिमा गर्ने कृषकको सङ्ख्या बढ्दै गएको हो । सरकारले चार वर्ष पहिलेदेखि पशुपालन व्यवसायमा रहेको जोखिम न्यूनीकरण गर्न पशुमा बिमा लागू गरेपछि व्यावसायिक रुपमा पशुपालन गरेका कृषकको आकर्षण बढेको जिल्ला पशुसेवा कार्यालय पर्वतले जनाएको छ ।...

वैशाख १५ देखि टेलिभिजनको डिजिटलाइजेशन अनिवार्य

२०७३ चैत १२ गते ५:३२

काठमाडौं । अब नेपालबाट एनालग टेलिभिजन सेवा बिस्थापित हुने भएको छ । एनालग टेलिभिजनको सेवा गुणस्तरीय र समय सापेक्ष नभएको भन्दै सञ्चार मन्त्रालयले अन्ताष्ट्रिय नियम अनुसार बिस्थापन गर्न लागेको हो । पहिलो चरणमा यहि वैशाख १५ गतेभित्र काठमाडौंसहित ललितपुर, वीरगञ्ज, विराटनगर र पोखरामा केबल...

हात्तीको आतङ्क रोक्न सवा करोडको औषधि र उपकरण

२०७३ चैत ११ गते ८:११

काठमाडौँ, ११ चैत । निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले विनाश गर्न थालेपछि सरकारले एक करोड २५ लाख मूल्य बराबरको लठ्याउने औषधि र आवश्यक उपकरण ल्याउने तयारी थालेको छ । पछिल्लो समयमा मुलुकभरका निकुञ्ज वरपरका बस्तीमा हात्तीले आक्रमण गर्नुका साथै खेतीबाली नष्ट गर्न थालेपछि राष्ट्रिय...