समाचार

काठमाडौँ उपत्यकामा भोलि रातिदेखि जोरबिजोर प्रणाली

२०७८ माघ ७ गते ०:०५

७ माघ, काठमाडौं । कोरोना संक्रमण रोकथा तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली लागू हुने भएको छ । उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले शुक्रबार (भोलि) रातिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको...

थप १२ हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७८ माघ ६ गते २३:३७

६ माघ, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उक्त सङ्ख्या बुधबारभन्दा ९८६ बढी हो । बुधबार देशभर ११ हजार ३५२ जनामा सङ्क्रमित पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा २७ हजार ४९७...

वलीलाई कोरोना संक्रमण, कस्तो छ स्वास्थ्य अवस्था ?

२०७८ माघ ६ गते २२:४७

६ माघ, काठमाडौं । नेकपा एमालेकी नेता कोमल वलीलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमा आफू संक्रमित भएको खुलाएकी छिन्। वलीले आफू राष्ट्रिय सभा चुनावमा पार्टीका उम्मेदवारलाई सघाउन जाने तयारीमा रहँदा संक्रमित भएको बताइन्। उनले आफू घरमै आइशोलेशनमा रहेको समेत बताएकी छिन्।...

एमालेलाई जिरो पार्ने रणनीति: देशैभर माओवादीलाई ६५ समाजवादीलाई ५५ र बाकीसिट कांग्रेसलाई

२०७८ माघ ६ गते १२:१६

६ माघ, काठमाडौं । प्रतिनिधि सभाको १ सय ६५ प्रत्यक्ष सीटमध्ये जम्मा ६५ सीटमा सत्तारूढ गठबन्धनले तालमेल गर्ने गरी नेताहरूले गृहकार्य थालेका छन् । सत्तारूढ गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समन्वय समितिमा यसबारे छलफल भैरहेको स्रोतले दाबी गरेको छ । आगामी आमनिर्वाचनमा गठबन्धनसहित जाने सत्तारूढ...

बुद्ध एयरको विमान ल्यान्ड हुन नसक्दा एक यात्रु बेहोस, थप बिबरण सहित

२०७८ माघ ६ गते १२:१०

६ माघ, काठमाडौं । काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं 9N_AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ। बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण...

मलेसियाले जनवरी अन्तिमदेखि विदेशी कामदार लैजाने

२०७८ माघ ६ गते ११:१८

६ माघ, काठमाडौं । मलेसियाले आगामी हुई सातादेखि बिदेशी कामदार भित्र्याउने भटको छ । मलेलियावे यहि जनवरी २८ बाट विदेशी कामदार लिमे भएको हो । शुरूमा प्लानटेशन क्षेत्रमा विदेशी कामदार लैजाने र आगामी फेब्रुअरी १५ तारेखदेखि उत्पादन, सुरक्षा, सेवा तथा घरेलु सहायकमा विदेशी कामदार...

घट्यो पिसिआर परीक्षणको शुल्क, सरकारी र निजीमा यस्तो छ नयाँ शुल्क

२०७८ माघ ६ गते ०:०९

६ माघ, काठमाडौं । पिसिआर परीक्षण शुल्क महंगो भयो भन्ने गुनासो आएकै बेला सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ । विहिवार यसवारे सार्वजनिक गरिएको हो । यसअघि सरकारी अस्पतालमा एक हजार रुपैयाँ शुल्क लिने गरिएको थियो । निजी अस्पतालहरुमा दुई हजार लिने गरिएको थियो...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०७८ माघ ५ गते २३:२७

५ माघ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको निगमले इन्डियन आयल कर्पोरेशन (आइओस)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको हो । निगमले आजराति १२ बजेदेखि लागू...

निजी क्षेत्रका समस्या नीतिगत रूपमा सम्बोधन हुन्छन् : अर्थमन्त्री

२०७८ माघ ५ गते १९:०१

५ माघ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका समस्यालाई नीतिगतरूपमा सम्बोधन गरिने बताउनुभएको छ । मुलुकको वर्तमान आर्थिक अवस्थाका बारेमा निजी क्षेत्रका प्रतिनिधिसँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले निजी क्षेत्रको हित विपरीत कुनै निर्णय नलिइने बताउनुभयो । “निजी क्षेत्रको सरोकारलाई सम्बोधन गर्न सरकार...

एकैदिन ११ हजार ३५२ कोरोना संक्रमित थपिए, ४ को मृत्यु

२०७८ माघ ५ गते १८:२८

५ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ८८ जनाको पीसीआर परीक्षणमा ९५०२ र ५ हजार ३३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा...