समाचार

जसले जे सुकै भनोस् निर्माण व्यावसाय क्षेत्रको एकाधिकार तोडिन्छ : प्रचण्ड

२०७५ जेठ २६ गते १५:०६

काठमाडौं, २६ जेठ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेकेदारहरुको एकाधिकार तोडिने बताएका छन् । निर्माण व्यवसायीहरुको प्रतिनिधि मण्डलसँग पेरिसडाँडामा भेट्दै प्रचण्डले भने, ‘काम होल्ड गर्ने तर समयमै काम सम्पन्न नगर्ने समस्या छ । हामी समृद्धि र विकासको यात्रामा...

कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनमै ६४ लाख खर्च -विवरण सार्वजनिक

२०७५ जेठ २६ गते ९:१३

सुर्खेत, २६ जेठ ।   कर्णाली प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटनमा रु ६३ लाख ८१ हजार खर्च भएको विवरण सार्वजनिक गरेको छ ।  बिहीबार प्रदेशसभामा प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले खर्च भएको कूल बजेटमा प्रदेश सरकारको रु...

,यस्तो रहेको छ नियम: शनिबार र आइतबारको कोरियाली भाषा परीक्षा लागि

२०७५ जेठ २६ गते १:०२

काठमाडौं, २६ जेठ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले दक्षिण कोरिया जाने कामदारका लागि लिइने भाषा  परीक्षा शनिबार र आइतबार हुने भएको छ । परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । परीक्षा लिन कोरियाबाटै...

प्रधानमन्त्रीमाथि खनिए देउवा, भन्छन्- ओली राष्ट्रवादी नभई लम्पसारवादी हो

२०७५ जेठ २६ गते ०:२९

धनगढी, २६ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा राष्ट्रवादी नभई लम्पसारवादी भएको आरोप लगाएका छन् । शुक्रबार कैलाली जिल्ला अधिवेशन उद्घाटन गर्दै सभापति देउवाले भारतलाई ‘जि हजुरी’ गरेर सबै भारतलाई बुझाउने काम गरेको बताउँदै प्रधानमन्त्री ओलीलाई लम्पसारवादीको आरोप लगाएका हुन्...

सुन तस्करीका मुख्य लगानीकर्ता अग्रवालको घरमा प्रहरी छापा, कति भेटियो सुनचाँदी र पैसा ?

२०७५ जेठ २५ गते २३:३२

काठमाडौं, २५ जेठ । ३८ क्विन्टल सुन तस्करीका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवालको घरमा प्रहरीले छापा मारेको छ । अग्रवालको अनामनगरस्थित घरमा छापा मारेर मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको बताईएको छ । घरमा भएको...

चिन्ता नगर्नु, छिट्टै घर आउँछु’ भनेर फोन राखेका श्रीमान वाकस्मा आए पछि

२०७५ जेठ २५ गते २३:०१

गुल्मी, २५ जेठ । श्रीमतीलाई फोनमा ‘अलिकती बिरामी थिएँ, अहिले ठिक भएको छ , चिन्ता नगर्नु, छिट्टै घर आउँछु’, भनेका ३० गायक समेत रहेका वर्षीय अमर जिसीको मंगलबार घरमा वाकसमा शव आउँदा उनका परिवारसहित सिंगो शोकमग्न बन्यो । धुर्कोट गाउँपालिका वडा नम्वर ३ ,...

‘मन्त्री मगर’ एक्शन, मेलम्चीमा ठेकेदारद्वारा १ अरब ६५ करोड लुटको खेल, कसैलाई छोड्दिनँ

२०७५ जेठ २५ गते २२:३१

काठमाडौँ, २५ जेठ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको कम्पनि सिएमसीले आयोजनाको निर्माण लागतमा क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माणका लागि सन् २०१३ मा इटालियन ठेकेदार कम्पनि सिएमसीसँग नेपाल सरकारको निर्माण सम्झौता भएको थियो । सन् २००८ देखि...

ज्याेतिषीले राजा हुने भनेपछी पुर्व युबराज पारसले गर्न थाले यस्ताे काम, यस्ताे रहेछ भित्री कुरा

२०७५ जेठ २५ गते २१:१५

काठमाडौँ, २५ जेठ । पूर्व युवराज पारश छोरा हृदयेन्द्र शाहलाई सँगै लिएर आज दिउसो मृगस्थली पुग्ने भएका छन्। तर, पहिलेजस्तो पुजाआजाका लागिमात्र नभई मृगस्थलीस्थित गुरु गोरक्षनाथ धाम मृगस्थलीमा विभिन्न विषयमा कक्षा लिन जान लागेका हुन्। छोरा हृदयेन्द्र र पूर्व शाही परिवारका अन्य परिवारसहित मृगस्थली...

एकै कक्षाका २० विद्यार्थी एकाएक बिरामी

२०७५ जेठ २५ गते १८:१०

धादिङ, २५ जेठ । दक्षिणी धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीस्थित बागेश्वरी मावि कक्षा ८ का २० विद्यार्थी एकै पटक बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ । विद्यालयमा पढाइ शुरु भएपछि कक्षामा एकाएक बाहिरबाट आएको अनौठो धुवाँको गन्धसंँगै विद्यार्थी चिच्याएर कराउने र बेहोश...

प्रदेश ५ः कृषि, पर्यटन र उद्योगलाई उच्च प्राथमिकता

२०७५ जेठ २५ गते १७:५५

रुपन्देही, २५ जेठ । प्रदेश नं ५ को सरकारले आव २०७५ । ७६ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन र उद्योगलाई उच्च प्राथमिकता दिएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश ५ को सरकारको नीति कार्यक्रम प्रदेश प्रमुख उमाकान्त झाले प्रस्तुत गर्दै प्रदेशअन्तर्गतका १२...