समाचार

माओवादी केन्द्रः राष्ट्रियसभामा दलका नेतामा शर्मा

२०७५ वैशाख २५ गते १३:१९

काठमाडौँ, २५ वैशाख । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको आज बसेको बैठकले राष्ट्रियसभामा दलको नेतामा सांसद दीनानाथ शर्मालाई चयन गर्ने निर्णय गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । बैठकमा बजेट अधिवेशनबारे...

‘समानताका आधारमा विचार राजनीतिलाई केन्द्रमा राखेर पार्टी एकता’

२०७५ वैशाख २४ गते २१:२३

काठमाडौँ, २४ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा(एमाले)सँग समानताका आधारमा पार्टी एकता हुने बताउनु भएको छ । पार्टीको सहायक संगठन वाइसिएल नेपालले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा युवाहरुको भूमिका’ विषयको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विचार र राजनीतिलाई केन्द्रमा राखेर...

धितोपत्रबारे जानकारी दिन प्रदर्शनी

२०७५ वैशाख २४ गते २०:५४

काठमाडौँ, २४ वैशाख । शेयर बजारको अवस्था, लगानीको प्रकृति तथा धितोपत्र बजारमा विकास भएका प्रविधिका बारेमा आवश्यक जानकारी दिइने उद्देश्यले ‘पूँजी बजार प्रदर्शनी’ हुने भएको छ । धितोपत्र बजारको नियमक निकाय नेपाल धितोपत्र बोर्डको आयोजनामा यही वैशाख २६ र २७ गते भृकुटीमण्डपमा हुने सो...

खोलाले बगाउँदा एउटै परिवारका पाँचको मृत्यु

२०७५ वैशाख २३ गते २३:२३

बझाङ, २३ वैशाख । खहरे खोलाले बगाउँदा एउटै परिवारका पाँच जनाको मृत्यु भएको छ । शनिबार राति आएको अविरल वर्षाका कारण थलारा गाउँपालिका–४ मा खहरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय २७ वर्षीय हर्क विक, उनकी श्रीमती २६ वर्षीया देवकी, १२ वर्षीया छोरी मनिषा, तीन...

विमानस्थलमा सुरक्षा जाँच गर्न विद्युतीय उपकरण जडान गरिने

२०७५ वैशाख २३ गते २२:०८

सोलुखुम्बु, २३ वैशाख । आन्तरिक उडानमा निकै व्यस्त रहने सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थलमा सुरक्षा जाँचको लागि विद्युतीय उपकरण जडान गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहितको टोलीले आज विमानस्थलको निरीक्षण गर्दै विमानस्थलमा सुरक्षा जाँचका लागि विद्युतीय उपकरणकोे प्रयोग गर्न...

अब काँग्रेस एकजुट भएर अघि बढ्छ : नेता सिटौला

२०७५ वैशाख २३ गते २२:०४

पाँचथर, २३ वैशाख । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब काँग्रेस एकजुट भएर अघि बढ्ने बताउनुभएको छ । सदरमुकाम फिदिममा आज पार्टीका नेता कार्यकर्तासँगको छलफल तथा अन्तक्र्रियामा नेता सिटौलाले पार्टीभित्र फरक मत हुन सक्ने तर फरक मतलाई नेतृत्वले स्वीकार्नुपर्ने बताउनुभयो । वर्तमान सरकारले नागरिकको...

रुखले च्यापिएर दुई महिलाको मृत्यु

२०७५ वैशाख २३ गते २१:५३

चितवन, २३ वैशाख । हावाहुरीका कारण जिल्लामा दुई महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १ की ४० वर्षीया सितौली श्रेष्ठ र ईच्छाकामना गाउँपालिका– ७ का ४१ वर्षीय कणबहादुर गुरुङ...

हैदरावाद ७ विकेटका साथ विजय हुदै शीर्ष स्थानमा

२०७५ वैशाख २३ गते १६:१२

२३ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार भएका खेलमा सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी भएका छन् । हैदरावादले घरेलु मैदानमा दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले हरायो । खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३...

तस्करी गरी लैजान लागिएको गाई, बाछाबाछी नियन्त्रणमा

२०७५ वैशाख २३ गते ९:३४

गौशाला, २३ वैशाख । नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा महोत्तरी प्रहरीले गए राति जिल्लाको रामगोपालपुरबाट चारवटा गाई, बाछाबाछी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार गए राति ९ बजेको समयमा जिल्लाको रामगोपालपुर–९ गोठबनौली हुँदै भारततर्फ तस्करी...

प्रदूषित पानीको कारण पाँचको मृत्यु १८ घाइते

२०७५ वैशाख २३ गते ९:०१

कम्बोडिया, २२ वैशाख । कम्बोडियाको क्राती प्रान्तमा प्रदूषित पानीका कारण पाँच जनाको मृत्यु भएको छ । प्रदूषित पानीकै कारण अरु १८ जना बिरामी भएर उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी अधिकारीले शनिबार जनाएका छन् । “शुक्रबारसम्म दुई जना पुरुष र तीन जना महिलाको मृत्यु...