समाचार

उत्कृष्ट शिक्षाको लागि सबै शिक्षक एकजुट भएर लाग्न सांसद रावलको आग्रह

२०७५ वैशाख २१ गते २२:१८

लम्की, बैशाख २१ । नेपाल राष्ट्रिय शिक्षक संगठन लम्की चुहा नगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा चियापन कार्यक्रम आज मोतिपूरमा रहेको राष्ट्रिय नमूना माध्यामिक विद्यालयमा सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन लम्की चुहा नगरपालिकाका अध्यक्ष मिन बहादुर रावलको सभाअध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय...

लोकतन्त्रमा जनता शक्तिशाली : प्रम ओली

२०७५ वैशाख २१ गते २१:४९

चितवन, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा शासकहरु नभएर जनता शक्तिशाली हुने बताउनु भएको छ । नयाँकिरण मावि भरतपुरको स्वर्ण महोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले तानाशाही व्यवस्थामा मात्र शासक शक्तिशाली हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रधानमन्त्री शक्तिशाली भयो भनेर...

७३ यातायात व्यवसायी पक्राउ

२०७५ वैशाख २१ गते २१:४७

काठमाडौँ, २१ वैशाख । सार्वजनिक यातायात नचलाउने कार्यमा संलग्न यातायात समितिमा रहेका ७३ जनालाई प्रहरीले आज विभिन्न जिल्लाबाट पक्राउ गरेको छ । गृह मन्त्रालयका अनुसार पक्राउ पर्नेमा रुपन्देही जिल्लाबाट १०, सुनसरीबाट नौ, झापाबाट आठ, बाराबाट सात, लमजुङ, रौतहट र खोटाङबाट पाँच पाँच, उदयपुर, सप्तरी,...

राष्ट्रिय भलिबलः पुलिस र एपिएफ विजयी

२०७५ वैशाख २१ गते २१:३४

काठमाडौँ, २१ वैशाख । जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिसले न्यू डायमन्ड एकेडेमीलाई पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको खेलमा पुलिसले न्यू डायमन्डलाई ३–१ ले हरायो । पुलिसले न्यू डायमन्डलाई २५–१२,...

विमानस्थलमा आवश्यक चिस्यान केन्द्र आवश्यक

२०७५ वैशाख २१ गते २०:५२

काठमाडौँ, २१ वैशाख । खोपको गुणस्तरीयता कायम राख्न विमानस्थलमा आवश्यक परिमाणको चिस्यान केन्द्रको व्यवस्थापनमा जोड दिइएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाले आज यहाँ आयोजना गरेको खोप व्यवस्थापन र कोल्ड चेनबारे सरोकार भएकासँगको कार्यक्रममा खोपलाई सुरक्षित राख्दै गुणस्तरीयता कायम राख्न...

सिन्डिकेटधारी व्यवसायीलाई पक्राउ गर्न निर्देशन, सम्पति समेत छानबिन हुने

२०७५ वैशाख २१ गते १८:०७

गृहमन्त्री रामबहादुर ‘बादल’ले सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । शुक्रवार जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै उनले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुरुप कारवाही गर्न निर्देशन दिएका हुन् । अब प्रमुख जिल्ला अधिकारीहरुले सम्बन्धित यातायात समितिका पदाधिकारी पक्राउ...