समाचार

राजनीतिक स्थायित्वका लागि एकता सकारात्मकः सङ्गठनात्मक चुनौती पनि

२०७५ जेठ ३ गते १९:५७

–कालिका खड्का र नारायण अधिकारी काठमाडौँ, ३ जेठ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच औपचारिक रुपमा पार्टी एकताको घोषणा भएपछि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एक्लो ‘नेपाल कम्युनिष्ट पार्टी’ गठन भएबाट विभिन्न क्षेत्रमा विद्वान्ले मुलुकमा राजनीति स्थायित्व हुने संज्ञा दिएका छन् । उस्ताउस्तै...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकले समानता नपाएको गुनासो

२०७५ जेठ ३ गते १९:४०

काठमाडौँ, ३ जेठ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले संविधानमा समानताको कुरा उल्लेख भए पनि अझै कार्यान्वयन नभएको बताएको छ । ‘समलिङ्ग, द्वयलिङ्ग, तेस्रोलिङ्गी र अन्तरलिङ्गको घृणाविरुद्धको २८ औँ अन्तर्राष्ट्रिय दिवस’को अवसरमा मितेनी नेपालले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा सहभागिहरुले अझै पनि महिला र...

सबै जातजाति र समुदायलाई जोडेमात्र देश विकास हुन्छ: पूर्व राष्ट्रपति यादव

२०७५ जेठ ३ गते १७:४३

काठमाडौँ, ३ जेठ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकका सबै जातजाति र समुदायलाई जोडेर अगाडि बढेमात्र देश विकास हुने बताउनुभएको छ ।  प्रजातान्त्रिक विचार समाजको स्थापना दिवस एवं साधारणसभाका अवसरमा आज यहाँ आयोजना गरिएको ‘प्रजातान्त्रिक योद्धा सम्मान’ कार्यक्रममा उहाँले लामो समयपछि मुलुकमा...

पार्टी एकता अनुमोदन, आजै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुने

२०७५ जेठ ३ गते १७:०७

काठमाडौँ, ३ जेठ ।  नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकता प्रक्रियालाई एकता संयोजन समितिको बैठकले टुंगो लगाएको छ ।  प्रधानमन्त्री निवास बालुवाटमा आज बसेको एकता संयोजन समितिको बैठकले सो प्रक्रियालाई टुंगो लगाएको हो । दुई पार्टी बीचको एकताका विषयमा बुधबार सहमति जुटेको थियो...

घाइते मजदूरको मृत्यु, गोली प्रहारमा छोराकै संलग्नताको आशंका

२०७५ जेठ ३ गते १६:३५

बुटवल, ३ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ स्थित मणिग्राममा बुधबार बेलुका गोली प्रहारबाट घाइते व्यक्तिको आज मृत्यु भएको छ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्समा उपचार गराइरहेका घाइते रामकेश धवलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक...

समयमा निकासा नहुँदा कर्णालीका विद्यालय मर्कामा

२०७५ जेठ ३ गते १६:२९

सुर्खेत, ३ जेठ । जिल्ला शिक्षा कार्यालयहरु खारेज भएको लामो समयसम्म पनि बजेटको अख्तियारी नआउँदा कर्णालीका विद्यालय मर्कामा परेका छन् । समयमा अख्तियारी नआउँदा कर्णालीका विद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रमसमेत प्रभावित भएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०६४ अनुसार २०७४ चैत २८ गतेपछि जिल्ला...

प्रेस काउन्सिल ऐन समयसापेक्ष संशोधन हुँदै

२०७५ जेठ ३ गते १३:४०

–कुमार चौलागाई  काठमाडौँ, ३ जेठ ।  पत्रकारिताको पेशागत उच्चतम आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वर्धनका लागि गठित प्रेस काउन्सिल ऐन समयसापेक्ष संशोधन हुँदैछ ।  २०४८ सालमा काउन्सिल सम्बन्धी जारी ऐन छापा माध्यममा केन्द्रित भएको भन्दै त्यसलाई समयसापेक्ष संशोधन गर्न लागिएको...

कुकुरले टोकेका बिरामीको संख्यामा वृद्धि

२०७५ जेठ ३ गते १३:०८

गौशाला, ३ जेठ।  तराईमा बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल, जलेश्वरमा कुकुरले टोकेको बिरामीको संख्यामा अप्रत्यासित रुपमा वृद्धि भएको छ ।  यसअघि फाटफुट रुपमा कहिलेकाहीँ मात्र एक/दुईजना कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल, जलेश्वरमा अहिले दैनिक औसतमा एक दर्जन त्यस्ता बिरामी...

भोलि बिहानै एमाले माओवादी एक आपसमा बिलय हुने

२०७५ जेठ ३ गते ०:३८

काठमाडौँ, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकिरण भएपछि केन्द्रिय समिति ४४१ र स्याथी समिति ४३ सदस्यीय हुने भएको छ । नेकपा एमालेले पार्टी एकतापछि निर्माण हुने नयाँ पार्टीकोे खाका तय गरेको छ । जसमा नेकपा एमालेको केन्द्रिय समिति तथा स्थायी...

सन्दीप लामिछाने विश्व एघारमा

२०७५ जेठ २ गते २३:४२

काठमाडौँ, २ जेठ ।  राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले विश्व एघारको प्रतिनिधित्व गर्दै वेष्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय ‘च्यारिटी म्याच’ खेल्दै छन् ।  गत वर्ष गएको आँधीका कारण जीर्ण बनेको क्यारेवियन क्षेत्रमा रहेको क्रिकेट स्टेडियमको पुनःनिर्माणका लागि हुने उक्त खेल यही जेठ १७ गते(मे ३१ मा)...