प्रवास

अमेरिकामा एक नेपाली मारिए

२०७५ असार २२ गते १४:२१

न्युयोर्क, २२ असार । अमेरिकाको भर्जिनिया राज्यमा लुटेराको गोली प्रहारबाट एक नेपालीको मृत्यु भएको छ । हर्नडन सहरको फ्रयांकलिन फर्मस्थित सुनाको ग्यास स्टेसन लुट्न आएका लुटेराले बुधबार बिहान ४० वर्षीय रेशम बजगाईंका टाउकामा गोली प्रहार गरेका हुन् । गोरखाको केराबारी पुख्र्याैली घर भई पछिल्लो समय चितवन,...

मलेसियामा गैरकानुनी आप्रवासीमाथि धरपकड, सयौं पक्राउ

२०७५ असार १८ गते २०:२७

मलेसिया, असार १८ । मलेसियाले गैरकानुनी आप्रवासी कामदारमाथि आइतबारदेखि थालेको धरपकड अभियानको पहिलो दिनै सयौं आप्रवासीहरु पक्राउ परेका छन् । गैरकानुनी आप्रवासी कामदारलाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि संचालन गरिएको ‘पुन: भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि शनिबार सकिएलगत्तै थालिएको धरपकडमा आइतबार राजधानी क्वालालम्पुर र...

सँगैको साथीले आक्रमण गर्दा घाइते भएका राजकुमारको मलेसियामा निधन

२०७५ असार ११ गते २०:०८

मलेसिया। रोजगारीका लागि २३ महिना अघि मलेसिया आएका चागे गाउँपालिका वार्ड नं ६ ताप्लेजुङका राजकुमार तामाङको मलेसियामा मृत्यु भएको छ । गुरुङ म्यानपावर काठमाडौं बालाजुबाट मलेसिया क्रीतिम सजावटका माछा बनाउने कामको लागि भनेर आएतापनि आएको केही महिना नबित्दै अवैध रुपमा इपो पेराइमा काम गर्दै...

मलेसियामा मलेसियामा कामदार चढेको बस दुर्घटना, कम्तीमा ३६ नेपाली घाइते

२०७५ असार ११ गते ११:५२

११ असार, काठमाडौ । मलेसियाको पेनाङस्थित पया टेर्‍वोङमा कामदार बोकेको बस सोमबार बिहान दुर्घटना हुदाँ कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन् । बसमा ६० जना कामदार सवार थिए । प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जानेक्रममा ती कामदार चढेको बस सडकमा पल्टिएको...

युएईमा एक नेपाली महिलाले गरिन् आत्महत्या

२०७५ असार ५ गते १४:१३

युएई । आइतबार युएईमा काभ्रेको बनेपाकी एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन् । रोजगारीका लागि संयुक्त अरव ईमिरेट्स (युएई) आएकी कृष्णा परियारले युएईको रसअल खैमाह स्थित क्लिनिङ कम्पनीमा आत्महत्या गरेको उनका सहकर्मी साथीले जानकारी दिएका छन्। मुस्लिम धर्मावलम्बीहरुको महान चाड ईदको छुट्टी मनाएर कम्पनीको...

मलेसियामा शान्ति ¥याली सहित बुद्ध जयन्ती

२०७५ जेठ १९ गते १५:५६

मलेसिया, १९ जेठ । मलेसियामा रहेका बुद्धधर्मावलम्बीहरुले मनाउदै आएको बुद्ध जयन्तीको अवसरमा मलेसियामा बसोबास गर्ने नेपालीहरुले पनि भव्यताका साथ शान्ति ¥याली सहित बुद्ध जयन्ती मनाएका छन् । ”बुद्ध नेपालमा जन्मिएका हुन्“ भन्ने नारा सहितका ब्यानर तथा रथ यात्रा गरी मनाइएको सो शान्ति ¥याली झन्डै...

आफ्नै साथीको कुटाई बाट मलेसियामा पर्वतका केसीको हत्या

२०७५ जेठ १८ गते १०:१५

काठमाडौं, १८ जेठ । रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो । करीब डेढ हप्ता पहिले सँगै काम गर्ने नेपाली...

मलेसियामा किरातीहरुले मनाए साकेला उभौली

२०७५ जेठ ९ गते २०:०४

मलेसिया, ९ जेठ । मलेसियामा रहेका किरात राईहरुले साकेला उभौली कार्यक्रम भव्यताका साथ मनाएका छन् । किरात राई यायोक्खा मलेसियाको जोहोरबारु राज्य शाखाले आयोजना गरेको साकेला कार्यक्रममा मलेसियामा रहेर बिभिन्न क्षेत्रमा योगदान दिने राईहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नेपालबाट आमन्त्रीत गायक राजन...