काठमाडौं, १८ असोज । भैरहवा ग्लाडियटर्सले दोस्रो जित निकाल्दै जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) टि–ट्वान्टी क्रिकेटमा दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरेको छ । सोमबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको दिनको पहिलो खेलमा भैरहवाले शीर्ष स्थानको चितवन टाईगर्सलाई ६ विकेटले पराजित गरेको हो...
काठमाडौं, १७ असोज । चितवन टाईगर्सले जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा शीर्ष दुईमा स्थान पक्का गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ललितपुर प्याट्रियट्सलाई ५ विकेटले पराजित गर्दै चितवनले शीर्ष दुईमा स्थान पक्का गरेको हो । यसअघि १०९ रनको लक्ष्यसहित...
काठमाडौं, १७ असोज । एभरेस्ट प्रिमियर लिग (इपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौं किङ्स इलेभनलाई १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको विराटनगरले ८ ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनाएको हो । यसअघि...
काठमाडौं, १६ असोज । साफ च्याम्पियन्सिपमा नेपालले पहिलो जित हात पारेको छ। युवा फरवार्ड मनिष डाँगीको सानदार गोलमा नेपालले साफ च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा आयोजक माल्दिभ्सलाई पराजित गरेको हो। वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल...
काठमाडौं, १३ असोज । छैटौँ संस्करणको महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ हेल्प नेपालले गल्कोट स्पोर्टस क्लबलाई पराजीत गर्दै क्वाटरफाइलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा हेल्प नेपालले गल्कोट स्पोर्टस क्लबलाई ३–१ को सेटमा पराजित...
काठमाडौं, १३ असोज । लिओनल मेस्सीले क्लबका लागि पहिलो गोल गर्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले घरेलु मैदानमा सिटीलाई २-० गोल अन्तरले पराजित गरेको...
काठमाडौं, १० असोज । आगामी पुरुष साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग आज आइतबार मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र ओमानबीचको खेल आइतबार कतार युनिभर्सिटी मैदानमा हुनेछ । खेल स्थानिय समय अनुसार राति ७ बजे हुनेछ । हाल फिफा बरीयतामा ओमान...
काठमाडौं, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । आइतबार अल अमिरात क्रिकेट मैदानमा १२१ रनको टार्गेटसहित जवाफि ब्याटिङमा आएको नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाउँदै १२२ रन बनाएको हो...
काठमाडौं, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा ओमानले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दिएको छ । अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १२१ रन बनायो...
काठमाडौं, ३ असोज । नेपाल प्रहरीका भूपेन्द्र थापा मगर आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि संचालित खुला छनोट प्रतियोगिताको ६३ किलोमा आइतबार पहिलो भएका छन् । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता भूपेन्द्रले भीपीपीकेआरका पवन गुरुङलाई पराजित...