Decathlon IN

Contact Us

Ganesh Kandel
Founder/Editor-in-Chief

Bipin Rai
Editor

Bhimsen Kandel
Sub-Editor (News)

Bishnu Adhikari
Sub-Editor (News)

एग्रो मीडिया प्रा.लि., जागृति नगर काठमाडौँ ३४
फोन नम्बर : ९८५१०९७४४७ – ९८१३८८१३८८
इमेल : hamrosandesh@yahoo.com, ganeshkandel2002@gmail.com
वेबसाईट : www.hamrosandesh.com

सम्पूर्ण पाठक बर्गमा नमस्कार
एग्रो मिडिया प्रा. लि (Agro Media Pvt.Ltd) हाम्रो सन्देश डट कम सञ्चालान गर्ने सोच संगै तपाईहरु संग यो या त्यो तरवले जोडिदै आयौ । अनलाइन सञ्चालानका लागी हामिले सामाजिक सञ्जाल फेसबुक र ट्वीटर मार्फत सुचनाहरु दिदै आईरहेका थियौ ।
जानकारी दिने काम संग संगै अनलाइन पत्रिकाको डिजाइन कार्य द्रुत रुपमा बढाइरहेका थियौ नै आजको मिती बाट हामीले यो अनलाईन डिजिटल पत्रिकाको परिक्षण प्रशारण आरम्भ गरेका छौं ।
केही दिनमै यसलाई पूर्ण र नियमित रुपमा सञ्चालन गर्ने जानकारी आम पाठक, दर्शक तथा स्रोताहरुमा गराउँछौं । हामीले धेरै कुराहरु सुधारगर्नुपर्ने छ त्यो क्रमीक रुपमा भैरहने छ पनी संसारभरि रहेका नेपाली भाषीहरुप्रति समर्पित हाम्रो अनलाईन पत्रिकाको बारेमा आफ्ना अमूल्य सल्लाह, सुझाब, सूचना, समाचार तथा जानकारीहरु उपलब्ध गराउन सबैमा आग्रह गर्दछौं ।
तपाइले हामीलाई आजबाट नै हाम्रो इमेल hamrosandesh@yahoo.com अथवा news@hamrosandesh.com मा पठाउन सक्नुहुनेछ । यसलाई अझ राम्रो बनाउनको लागि हामी तपाईहरुको निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछौं । देशको एक कुनाको सानो सूचनालाई संसारभरिको समाचार बनाउने हाम्रो अभियान सदा जारी रहनेछ । जनताको सूचनाको हकलाई स्थापित गराउन हामी निरन्तर लागि पर्नेछौं ।
तपार्इ जो जहाँ रहनु भएको छ, त्यहाँको सूचना हामीलाई दिनुस्, हामी त्यसलाई आम जनताको खबर बनाउनेछौ । जनसरोकारका विषयहरु हाम्रा मुख्य समाचार बन्नेछन् ।
हाम्रो टीम पूर्ण प्रसारणको तयारीको सम्पूर्ण काममा जुटिरहेको छ । यसको तयारीको काम सम्पन्न भईसकेको छ।
हाम्रो यात्रा आरम्भपछिको समाचार सूचना र मनोरन्जनमूलक जानकारी निरन्तर लिनको लागि यहाँहरुले हाम्रो साइट नियमित भिजीट गर्नुहुनेछ भन्ने अपेक्षा ) हाम्रो सन्देश डट कम परिवारले राखेको छ ।
साथै अहिले हाम्रो साइटको केही विषयवस्तु, हाम्रा सीमा समस्या, कमिकमजोरी हुन सक्छन । सुधारका लागी तपाइँ सम्पूर्ण शुभचिन्तक तथा पाठकबर्गबाट आयका अमुल्य सल्लाह सुझाब र प्रतिकृया हाम्रो लागी अमुल्य सम्पती हुने छ ।
धन्यबाद ।
हाम्रो सन्देश डट कम परिवार

Decathlon IN