मलेसियामा किरातीहरुले मनाए साकेला उभौली

हाम्रो सन्देश संवाददाता

मलेसिया, ९ जेठ ।

मलेसियामा रहेका किरात राईहरुले साकेला उभौली कार्यक्रम भव्यताका साथ मनाएका छन् ।
किरात राई यायोक्खा मलेसियाको जोहोरबारु राज्य शाखाले आयोजना गरेको साकेला कार्यक्रममा मलेसियामा रहेर बिभिन्न क्षेत्रमा योगदान दिने राईहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नेपालबाट आमन्त्रीत गायक राजन राई, साहित्यकार दीलिप राई सगर, पत्रकार तथा समाजसेवी बिपीन राई, गीतकार बल बहादुर राई रहेका छन् ।

नेपालका चर्चित गायक राजन राईको विशेष प्रस्तुुती रहेको कार्यक्रममा मलेसियामा छरिएर रहेका राईबन्धुुहरुको उपस्थिति रहेको थियो भने । कार्यक्रममा मलेसियामा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शूूभकामना ब्यक्त गरेका थिए ।