अर्जेन्टिनाको अदृश्य दुर्बलता

अन्तरराष्ट्रिय आलेख सेवा

–मार्टिन गुजम्यान 

न्यूयोर्क, २६ वैशाख ।

पहिलो हेराइमा अर्जेन्टिनाको समष्टि आर्थिक दृष्टिकोण उज्ज्वल देखिन्छ । मुद्रास्फीतिजन्य मन्दीपछि आर्थिक वृद्धिदर बढेको छ । गत वर्ष कुल गार्हस्थ्य उत्पादन वार्षिकरूपमा दुई दशमलव नौ प्रतिशतले बढेको थियो । जबकि सन् २०१६ मा वार्षिक मुद्रास्फीति करिब ४० प्रतिशत रहेकोमा गत वर्ष यो घटेर २४ दशमलव आठ प्रतिशत भएको थियो । 

तर सङ्कटका बादलहरू दूर क्षितिजमा देखिन थालेका छन् । हालैको सुधार ऋणले भरिएको छ । सन् २०१७ मा चालु खाता घाटा कुल गार्हस्थ्य उत्पादनको चार दशमलव छ प्रतिशत पुगेको छ जुन अर्जेन्टिनाको कुल निर्यातको ३९ प्रतिशत बराबर हुन आउँछ । अर्जेन्टिनाको बाह्य ऋण समग्रमा कम भएपनि यसको तीव्र वृद्धि चिन्ताको स्रोत भएको छ । वास्तवमा राष्ट्रपति मारिसियो म्याक्रीका लागि यसले एउटा आर्थिक चुनौतीलाई प्रतिनिधित्व गर्छ जसलाई नजरअन्दाज गर्न सकिन्न । 

आफ्नो वाह्य ऋण स्थिर गर्नका लागि अर्जेन्टिनालाई व्यापार अधिशेष हासिल गर्नुपर्ने आवश्यकता हुनेछ । आयातलाई निराश बनाउने मन्दीको माध्यमभन्दा निर्यातयोग्य वस्तुहरूको उत्पादनमा वृद्धि गर्नुनै यसको सबैभन्दा राम्रो तरिका हो । तर जब लक्ष्य स्पष्ट हुनसक्छ, यसलाई हासिल गर्न हालका नीतिहरूको क्षमता छैन । 

विभिन्न समाधान प्रस्ताव गरिएका छन् । एउटा दृष्टिकोण यथास्थितिलाई कायम राख्नका लागि छ । यो म्याक्री प्रशासनको मनपरेको रणनीति प्रतीत हुन्छ । अर्जेन्टिनाको ठूलो चालु खाता घाटा मुलुकुको प्रक्षेपणका लागि बजारहरूको समर्थनको प्रमाण भएको विचार यसले दर्शाउँछ । सात दशमलव नौ प्रतिशतसम्मको प्रतिफलसँगै अर्जेन्टिनाको डलर नामित बन्डहरूका लागि बलियो मागले पनि लगानीकर्ताको विश्वासको सङ्केतको रूपमा व्याख्या गरिएको छ । 

तर अर्को अधिक सतर्क दृष्टिकोणले अतिरिक्त समष्टि आर्थिक हस्तक्षेपको आवश्यकता रहेको मान्छ । अर्जेन्टिनाको ऋण लिने बानी र ‘रोक तथा जाऊ’ गतिशिलताको इतिहासको अध्ययनप्रति अधिक सन्देहशीलको समर्थन भएको यो दृष्टिकोण विशेष ध्यान दिन योग्य छ । 

सन् २०११ देखि अर्जेन्टिनाको निर्यात स्थिर छ । आलोचकहरूका अनुसार यदि मुलुकले निर्यातमा वृद्धि गर्ने हो भने उत्पादकत्व बढाउन र प्रतिस्पर्धालाई बलियो बनाउन नयाँ नीतिहरूको आवश्यकता छ । यद्यपि अहिले समाधानको मनपरेको बास्केटले चालु खाता घाटालाई कम गर्नुको सट्टा झन बढाइरहेको छ । 

दुई आधारभूत रणनीतिले अर्थतन्त्रलाई स्थिर गर्ने सरकारको दृष्टिकोणलाई नियन्त्रण गर्छन्: एउटा ब्याजदर आधारित मुद्रास्फीति लक्ष्यीकरण र अर्को प्रारम्भिक बजेट घाटामा क्रमिक कमी (जसले ब्याज भुक्तानीहरूलाई समावेश गर्दैन । तर यो नीति मिश्रणले धेरै चिन्ता बढाउँछ । 

पहिलो, अस्थायी विनिमय दरले व्यापक आर्थिक स्थिरता सुनिश्चित गर्नेछ भन्ने केन्द्रीय बैङ्कको धारणामा अत्यन्त कम प्रमाण छ । मौद्रिक नीतिहरूले विनिमय दरलाई प्रभावित गर्दछ भलै तिनीहरूलाई विदेशी मुद्रा बजारमा निर्देशित नगरियोस् । वास्तवमा अर्थतन्त्रलाई स्थिर गर्नका लागि मुद्रास्फीतिाई कम गर्न आवश्यक छ । 

अर्जेन्टिनाको अत्यधिक महत्वाकांक्षी लक्ष्यहरूको माध्यमबाट तीव्ररूपमा विफलता प्राप्त गर्ने प्रयासले बाहिरी असन्तुलनलाई मात्र बढाउनेछ । विदेशी मुद्रा नामित ऋणद्वारा लगानी गरिएको वित्तीय घाटाको एउटा ठूलो भागसँगै बाह्य असन्तुलनले जोखिमलाई बढाउँछ जसबाट भविष्यमा सार्वजनिक ऋण अस्थिर हुनेछ । 

अन्ततः उच्च ब्याज दर तुरुन्त मुद्रास्फीतिमा रूपान्तरण हुनेछ भन्ने केन्द्रीय बैङ्कको धारण गलत हो । यो संयन्त्र अप्रत्यक्ष छ र यसमा कुनै प्रत्याभूति छैन । यसका अतिरिक्त मुद्रास्फीति सामान्यतः अर्थतन्त्रमा मात्र लागु हुन्छ जसले स्थिर र निरन्तर वृद्धिको अनुभव गरिरहेको छ । यो अर्जेन्टिनाको वर्तमान मार्गको विपरित हो । 

मुद्रास्फीतिलाई समावेश गर्नका लागि ‘जे केही पनि लिनेछ’ तिर तयार रहेको भन्ने देखाउन अर्जेन्टिनाको केन्द्रीय बैङकले यी कमीहरूलाई क्षतिपूर्ति गर्ने प्रयास गर्नसक्छ । सन् २०१२ मा यूरोको रक्षा गर्न युरोपेली केन्द्रीय बैङ्कले यस्तै रणनीति अवलम्बन गरेको थियो । 

तर अर्जेन्टिनाको सवालमा त्यो सम्भव नहुन सक्छ किनकी ‘जे केही पनि लिनेछ’ मौद्रिक प्राधिकरणको क्षमताभन्दा बाहिर छ । एउटा उदाहरण वार्षिक वेतन वार्ता हो जसले लगातार दुई वर्षदेखि चलिरहेको मुद्रास्फीतिको लक्षलाई पार गरेको छ । सन् २०१६ मा यो १५ प्रतिशत विन्दु र सन् २०१७ मा सात दशमलव आठ प्रतिशत विंदुले बढेको थियो । 

यी चुनौतीहरूका बीच बाह्य असन्तुलनहरूलाई सम्बोधन गर्ने सबैभन्दा राम्रो तरिका भनेको एउटा ठूलो वित्तीय समायोजनको झट्का हो भन्ने तर्क केही आलोचकले दिएका छन् । दुर्भाग्यवश त्यो दृष्टिकोण हारलाई स्वीकार गर्नु समान हो । यो सरकारको स्वीकृति बराबर हुनेछ जसबाट निर्यात विस्तार गरेर वृद्धि बढाउन असम्भव छ । तर पनि आलोचकहरूको सोचाइको नयाँ पङ्क्तिका लागि पैरवी गलत होइन । 

म्याक्री प्रशासनले भनेजस्तो यदि आर्थिक वृद्धिका सम्भावना उज्ज्वल भएका थिए भने यसले कुनै फरक पर्दैन । तर यथार्थ के हो भने सरकारको सकारात्मक कथाद्वारा निर्मित र त्यसलाई बजारको स्वीकृतिले अझ बलियो बनाएको अर्जेन्टिनाको ‘सन्तुलन’ वास्तवमा तासको आर्थिक घर हुनसक्छ । त्यसैले अधिकारीहरूले सम्भावनाहरूलाई विचार गर्नुपर्छ जुन उत्साही पूर्वानुमान र अशान्त भविष्यको मुखौटो हुनसक्छ । 

अहिलेको समय सरकारको रणनीतिलाई उच्च ब्याजदरबाट बलियो विनिमय दर ल्याउनुभन्दा निर्यातमा वृद्धि गर्नुपर्ने आवश्यकता छ । तर निर्यातलाई बढाउन अर्जेन्टिनालाई उसको मौद्रिक नीति रणनीति परिवर्तन गरेर सुरु गर्नुपर्ने आवश्यकता छ । 

त्यसो भए कुनै पनि मार्ग विनिमयमुक्त हुँदैन । नीतिहरूलाई एक समूहमा स्थानान्तरित गर्दा केन्द्रीय बैङ्कको लगानीले अल्पावधिमा मुद्रास्फीति बढाउन सक्छ । तर यसले बढ्दो बाह्य असन्तुलनलाई कमगर्न केही मार्ग पनि लिनेछ र बजार अपेक्षाहरूको कुनै पनि तिक्तताको विरुद्धमा सुरक्षामा सहयोग गर्दछ । हुनसक्छ अहिले अनावश्यक लाग्नसक्छ तर जब कठिन समष्टि आर्थिक चुनौतीहरूलाई मार्गनिर्देशन गर्ने कुरा आउँछ सुरक्षित मार्ग सामान्यतया सही हुन्छ । (मार्टिन गुजम्यान कोलम्बिया विश्वविद्यालय बिजिनेस स्कुलमा शोध सहयोगी र ब्युनर्स आयर्स विश्वविद्यालयका एसोसिएट प्राध्यापक हुनुहुन्छ) । अनुवाद: दिलीप अधिकारी  (रासस/प्रोजेक्ट सिन्डिकेट)