अशोक दर्जीको पहिलो गीतले बनायो युट्युबमा रेकर्ड हेर्नुहोस (भिडियो सहित)

एकाएक सामाजिक संजालबाट भाइरल भएका नव बाल गायक अशाेक दर्जीकाे पहिलाे गित सार्वजनिक भएको पहिलो दिनमै लाखौले हेरेका छन । युट्युबमा सार्वजनिक अन्तर्वार्ताबाट सबैको नजरमा परेका अशोकलाई देश विदेशबाट धेरैले माया र सहयोग सनत गरेका छन् ।

बुधबार युट्वबमा सार्वजनिक भएकाे धन बिनाकाे मन ठुलाे कि मन बिनाकाे धन अहिलेसम्म करिब १२ लाख पटक हेरीएकाे छ । साथै गितकाे भिडियाेमा १ लाख बढीले लाईक गरेका छन भने कमेन्ट पनि हजारौ पुगेका छन ।

टंक बुढाथोकी र अशाेक दर्जीकाे स्वरमा रहेकाे उक्त गितमा बिराज नेपालकाे शब्द रहेकाे छ । युट्युबमा राखेको केहि घन्टामै ट्रेन्डीङ्गमा परेको यो गीत अहिले नम्बर १ ट्रेन्डीङ्गमा रहेको छ । युट्युबमा राखेको केहि घन्टामै नम्बर १ ट्रेन्डीङ्गमा पर्ने निकै कम गीतमा यो पनि हो ।

साथै छोटो समयमै युट्युब ट्रेन्डीङ्ग नम्बर १ मा पर्ने यो पहिलो गीत भएको पनि जानकारीमा आएको छ ।

हेर्नुहोस (भिडियो सहित)