बिचौलिया तथा दलाल र कतिपय सरकारी कर्मचारीहरुको मिलोमतो : राम बहादुर थापा

प्रत्येक कर्मचारीले देश र जनतालाई सर्वोच्च स्थानमा राख्दै आफ्नो राज्यप्रतिको उत्तरदायित्व के हो भन्ने कुराको मनन र वहन गर्दै, निस्वार्थ सेवामा दत्तचित्त हुँदै देशलाई अगाडि बढाउनु पर्ने

काठमाडौँ, २९ बैशाख

यातायात उपभोक्ता अधिकारकर्मी राम बहादुर थापाले बिचौलियाले कसरी सरकारी अफिसहरुमा ठगी गरिरहेका छन् र सरकारी कर्मचारीहरुसंग बिचौलियाको मिलोमतोले अनावश्यक रुपमा सर्वसाधारण अर्थात सेवाग्राहीले कुनै पनि सरकारी कार्यालयसंग सम्बन्धित कामहरु गराउन पर्दा बढी पैसा तिर्नुपरिरहेको छ भन्ने कुरालाई लक्षित गर्दै यातायात व्यवस्था विभाग, मिनभवन, काठमाडौंमा निवेदन दर्ता गराउनु भएको छ । 

बिचौलियाहरुले उमभोक्ताहरुलाई ठगेको बारेमा यातायात अञ्चल कार्यालयहरु वा सरकारी कार्यालयहरुमा सरकारले दिनुपर्ने सेवासुविधा सिधा रुपमा नभई दलाली र बिचौलियाहरु मार्पmत जनताले लिनुपर्दा महँगो पर्नगएको छ । बिचौलियाहरुले सरकारी कार्यालयहरुका कर्मचारीहरुसंगको मिलोमतोमा सेवाग्राहीहरुसंग बढी पैसा असुल गर्दै आएका छन् । सर्वसाधारणले प्रत्यक्ष सरकारी कर्मचारीहरुसंग काम गराउन जाँदा विभिन्न बहानाहरु बनाएर अड्काउने गरेको पाइएको छ । तर त्यहि काम बिचौलिया मार्फत जाँदा तिनै कर्मचारीहरुले काम सल्टाएर पठाउने गर्दछन्, जसमा बिचौलिया र कर्मचारीहरुले सर्वसाधारणसंगबाट बिचौलियाले लिएको सरकारी दस्तुरभन्दा बढी रकम बाँडेर लिने गरेका छन् ।  

  

प्रायः कतिपय सरकारी कर्मचारीहरु अफिस गएपनि हाजिर गरेर निक्लिने वा गफ गरेर बस्ने र सर्वसाधारणको काममा त्यति ध्यान नदिने र कताबाट पैसा आउँछ भनेर त्यस्तो बाटो कुरेर बस्ने प्रवृत्ति हावी भएको पाइएको अधिकारकर्मी थापा बताउनुहुन्छ । सरकारको तर्पmबाट पनि विभिन्न अफिसहरुमा कसरी कामकारबाही भइरहेको छ भनेर सशक्त अनुगमन नगरिएको कुरा उहाँ जनाउनु हुन्छ । तर कतिपय कर्मचारीहरुले राज्यले सेवाग्राहीहरुलाई दिनुपर्ने सेवाहरु नदिने, राज्यको हितभन्दा बढी आनो हित र स्वार्थको लागि र बिचौलियाहरुसंग मिलेर कामगर्ने गरेको र हालसम्म पनि राज्यका सरकारी निकायहरुमा कर्मचारीको आचरणमा कुनै सुधार नआएको देखिएकोले अधिकारकर्मी थापाले निवेदन मार्फत सरकारलाई घचघच्याउन खोज्नुभएको छ ।

सरकारी कर्मचारीहरुले जनतासंग प्रत्यक्ष रुपमा बढी सरोकार हुने महत्वपूर्ण अफिसहरुमा ज्यादातर सोझासीधा र अनपढ ग्राहकहरुलाई रनभुल्लमा पारेर बिचौलिया मार्फत ठगी गर्ने गरेको कुरामा थापाजीले दुःख व्यक्त गर्नुभएको छ । सरकारी कार्यालयहरु जो जनताको लागि काम गर्न बसेका हुन्छन् र तिनैले जनताको रगत पसिनाको पैसा तलव स्वरुप खाएर यिनै जनताहरुलाई मारमा पार्ने गरेको र यसप्रति सरकार उदासिन भएर टुलुटुलु हेरेर बसेको देख्दा उहाँले भित्री अन्तरआत्मादेखिनै राज्य र सरकारी कर्मचारीको संयन्त्रदेखि आक्रामक बन्नुभएको छ । 

सरकारी कर्मचारीहरुले सरकारी कामकाजमा रहँदा पार्टीगत रुपमा आफुलाई ढाल्न नमिल्ने कुरा संविधानमै उल्लेखित भएपनि विभिन्न पार्टीहरुको आडमा कर्मचारी संगठन खोल्दै सर्वसाधारणको काममा ध्यान दिनुभन्दा दलगत स्वार्थमा निथ्रुक्कै भिजेको र राज्य, सरकार तथा जनताप्रति वफादार भएर काम नगरेको अवस्थाबाट देश गुज्रिरहेको कुरामा भने यसप्रति सम्पूर्ण नेता, सरकार र प्रशासन जनमुखी बनी जनता र देशप्रति उत्तरदायी भई, निजी स्वार्थ त्यागी जनताले तिरेको करबाट लिएको तलवको पूर्ण रुपमा सदुपयोग हुनुपर्ने कुरामा अधिकारकर्मी थापा जोड दिनुहुन्छ ।  

राज्यले प्रत्येक आर्थिक वर्षमा सरकारी कर्मचारीहरुको तलव भत्ता बढाउँदै जाने तर सर्वसाधारण जनताको लागि के छ ? भनी प्रश्न पनि गर्नुभएको छ । जबसम्म सरकारी कर्मचारीहरुमा देश र जनताको हितको लागि काम गर्नुपर्छ भन्ने खालको मानसिक परिवर्तन र सकारात्मक विचारहरु आउँदैन तबसम्म जनताको रगत पसिनाको पैसा तलवको रुपमा वर्षेनी सेवासुविधा थप्दै जनताप्रति उत्तरदायी नहुने खालका दुराचारी कर्मचारीहरुलाई तलव खुवाउनु भनेको सरकारी ढुकुटीे सत्यानाश र बर्वाद हुनु हो । त्यहि भएर यस कुरामा सरकार र प्रशासन अति नै चनाखो बन्दै त्यस्ता दुराचारी, भ्रष्ट र अनुत्तरदायी कर्मचारीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने कुरामा उहाँ जोड दिनुहुन्छ । राष्ट्र भनेको संपूर्ण नेपाली नागरिकको गरिमामय थलो हो जसमा केही व्यक्तिहरुले मात्रै शासनसत्ताको बोलवाला म आफैं हुँ भनेजस्तै गरेर जनतालाई दुःख दिँदा र राष्ट्रलाई धोका दिँदा कुन चाहिँ नेपाली मर्माहत नहोला अधिकारकर्मी थापा भन्नुहुन्छ ।

ज्तिसुकै सत्ता परिवर्तन भएपनि सरकारी कामकाजमा ढिलासुस्ती र घुस्याहा प्रवृत्तिको निरन्तरता र सेवाग्राहीले पाएको कठिनाई कहिल्यै नटुँगिएको प्रति भने देशमा सरकार र प्रशासन नै नभए जस्तो ‘जसको शक्ति उसको भक्ति’ भनेझैं हुन आएको छ । कोहि प्रति कोहि उत्तरदायी नहुनु र सरकारी ढुकुटी महिना महिनामा तलव, सरकारी भ्रमण, सरकारी सेवासुविधा, मिटिङ्ग भत्ता, पोषाक भत्ता, खानाखाजा भत्ता, सुत्केरी भत्ता, काजको तलव सुविधा तथा यस्तै विभिन्न सुविधा खर्लप्प लिने तर सर्वसाधारणले सधैं दुःख पाउने यो कस्तो किसिमको न्याय हो भन्ने कुरा सम्बन्धित निकाय तथा उच्चपदस्थ कर्मचारी साथै सरकार तथा प्रशासनले धेरै गहिरिएर सोच्नु पर्ने कुरा हो । 

त्यहि भएर प्रत्येक कर्मचारीले देश र जनतालाई सर्वोच्च स्थानमा राख्दै आफ्नो राज्यप्रतिको उत्तरदायित्व के हो भन्ने कुराको मनन र वहन गर्दै, निस्वार्थ सेवामा दत्तचित्त हुँदै देशलाई अगाडि बढाउनु पर्ने कुरामा थापाजीको जोड रहेको छ । राज्य र जनताभन्दा कोहि ठुला र माथि हुनसक्दैनन् भन्ने उहाँको कथन छ जुन आज देशमा हुन सकिरहेको छैन । यो कुरा सर्वपक्षीय चासोको कुरा बन्न सक्नुपर्दछ र देश र प्रशासनलाई सुशासित र अनुशासित बनाउँदै लग्नुपर्ने उहाँको भनाई छ ।

                             –कमल राज दाहाल “कुमार” (एम.ए., टि.यू.)