ऋषि धमलाले भने- राजेश हमाललाई छोडेर मानिसहरु मसँग सेल्फी खिच्न आउछन्…(भिडियोसहित)

कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम ‘इट्स माई शो’ कार्यक्रममा पत्रकार ऋषि धमला र अभिनेत्री रेखा थापालाई अतिथीका रुपमा निम्ताइएको थियो। शोमा कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरीले दुवै अतिथीसँग रमाईला अनि आ-आफ्ना पेशासँग सम्बन्धित र निजी जीवनका कुराकानी समेत गरे। कार्यक्रममा ऋषि धमलाले पछिल्लो दिनमा आफूसँग धेरै मानिसहरुले फोटो खिच्न चाहने कुरा सुनाए। धमलाले भने- ‘भारत भ्रमणमा राजेश हमाल र म भारत सँगै गएका थियौं।त्यहाँ राजेश हमाललाई छोडेर मानिसहरु मसँग सेल्फी खिच्न आए।’

धमलाले अगाडि भने-‘अहिलेको समयमा सबैभन्दा आशा लाग्दा र सबै जनताका भरोसाको केन्द्र प्रधानमन्त्री केपी ओली हुन्।ओलीपछि प्रचण्ड एक प्रतिभावान नेता हुन्।तर अब पूर्व प्रधानमन्त्री देउवाले देशका लागी गर्न नसक्ने र अब उनी अब देशको प्रधानमन्त्री हुन अयोग्य व्यक्ति हुन्।’ कांग्रेस सांसद गगन थापा आशालाग्दा नेता हुन्।तर उनलाई कांग्रेस भित्र नै अगाडि बढ्न नदिने धमलाको भनाई छ।’

म अन्याय सहन्न,आवाज बिहिन भएर बाँच्नुको कुनै अर्थ छैन।त्यसैले हरेक किसिमका विभेद विरुद्ध लड्छु।नेपाली फिल्मी क्षेत्रमा प्रवेश गर्ने बेलामा बेग्लै पहिचान स्थापित गर्नेछु भन्ने सोच राखेर फिल्मी क्षेत्रमा प्रवेश गरेको अभिनेत्री रेखा थापाले बताईन्।

हेर्नुहोस् रेखा थापा र ऋषि धमलासँगको कुराकानी