माइग्रेन के हो ? यसको प्राकृतिक उपचार के छ ?

डा यन्जन गैह्रेका अनुसार माइग्रेन एक प्रकारको न्यूरोलॉजिकल रोग भएता पनि मनोशारीरिक रोग पनि हो। अत्यधिक तनावमा रहने, गैस्ट्रिकले ग्रस्त, अनिंद्राले ग्रस्त, एसिडिटीका रोगी, पुरानों कब्जियत , टाउको र मस्तिष्कका अन्य विभिन्न समस्याहरू, उच्च रक्तचाप, र हार्मोनहरू को गड़बड़ी भएका हरू लाई यो रोगको जोखिम धेरै छ। सहनै नसक्ने गरी टाउको दुखेको अवस्थामा औषधिहरूको सहायताले उपचार गर्नुपर्ने हुन्छ। तर यो दीर्घकालीन उपचार भने होइन। माइग्रेनलाई दीर्घकालीन रूपमा ठिक गर्न जीवन शैली तथा प्राकृतिक उपचार उपयोगी छन्।

जीवन शैली उपचार
१ निन्द्रा पूरा गर्न कुनै कनजुष्याई नगरी कमसे कम ६ देखि ८ घण्टा नियमित गहिरो निन्द्रा सुत्ने गरौँ। सुत्ने र उठ्ने समय नियमित एउटै टायममा गर्ने गरे माईगे्रनबाट बच्न सकिन्छ । सुताइमा अनियमितता हुनेहरूमा यो समस्या ज्यादा पाइएको छ ।

२ तनाव, चिन्ता, भय, र उदासिनता जस्ता मानसिक समस्याले यो रोगलाई बढावा दिने हुँदा उल्लिखित समस्याहरूको यथोचित व्यावश्थापन गर्ने तिर लागौँ ।

३ उत्तेजक प्रकाश, होहल्ला र खैले बैलाले पनि यो लाई बढ़ावा दिने हुँदा उक्त कुराहरू बाट बचौँ।

४ प्रशस्त पानी नपिउनेहरु पनि यो समस्या को सिकार हुने गर्दछन् अतः दैनिक ४ देखि साढ़े पाँच लिटर पानी पिउने बानी बसालौँ।

५ लामो समय सम्म निस्क्रिय जीवन जिउने हरू मा यो रोग ज्यादा देखिएको छ तसर्थ हफ्ता माँ कमसे कम ५ देखि १२ घण्टा सम्मा व्यायाम श्रम वा सक्रिय जीवनमा संलग्न रहौँ।

६ तारे भुटेका मसालादार खानेकुरा खानेहरु, खुर्सानी र नुनको अत्यधिक सेवन गर्नेहरु जाँड रक्सी, चुरोट, कोकीन र टैनिनका नशेडीहरु, तातो र अति चिसो खाद्य पदार्थ तथा बोतल र बट्टामा संरक्षित खाद्य–पदार्थहरूको सेवन गर्नेहरु, फास्ट तथा जोक फुड खानेहरु पनि यो रोगका सिकार हुन पुग्दछन् । अतः यी अनिबानी हरू हटाएर स्वास्थ्य जीवन शैली अपनाऊ।

७ भोजनको नियमिततामा ध्यान दीऔ। भुलेर पनि टायमको भोजन नछाडे। भोकभोकै बस्नेले एसिडिटी बढ्न गई माइग्रेनको प्रकोप बढ्न सक्छ। बोतल र बट्टाबद्ध संरक्षित खानेकुराहरू ९जोक फुड ० खाने बानी छ भने तुरुन्त छोड़ी दिऊँ। अत्यधिक तातो र चिसो खाद्य वस्तुहरूको पहरेज गरौँ । नुन चिनी, मैदाका परिकार पनि यो रोग मैत्री हैनन्

८ योग, ध्यान, प्राणायाम, जस्ता मन९प्रसमनका उपायहरू सिकेर नियमित अभ्यास गर्ने गरौँ। माइग्रेन तनाव पूर्ण जीवन ज्यूउनेहरु, डर, चिन्ता, खिन्नता, उदाशिनता र अनिन्द्राको रोगीहरुलाई भई रहने रोग हो । तसर्थ तनाव व्यवस्थापन माइग्रेन निवारणको कडी हो ।

९ शारीरिक तथा मानसिकरुपले विश्राम लिनका लागी योग आसन, योग निद्रा, माइन्ड– साउन्ड–रेसोनेन्स–टेक्निक प्राणिक–इनरजाईजीङ्ग–टेक्निक सेल्फ– मेनेजमेन्ट–अफ–एक्सेसिभ –टेन्सन जेकब्सन–प्रोग्रेसिभ–मसल्स्–रिल्याक्सेसन टेक्निक डिपा–रिल्याक्सेसन्–टेक्निक–रिल्याक्सेसन–टेक्निक, ईन्स्टेन्ट–रिल्याक्सेसन्–टेक्निक जस्ता विश्रामका विधिहरू सिकेर नियमित अभ्यास गर्ने गरौँ ।१०। चुकन्दर, काँक्रो, बन्दाकोभी , गाजर खरभुजा जस्ता क्षारीय फलफुलका रस तथा नारियल पानी आदि को सेवन गर्नुपर्छ। उपवास ले पनि यो रोगमा फायदा पुर्यारउँछ।

प्राकृतिक उपचार

१ टाउकाको मालिसले माइग्रेनलाई विशेष फाइदा पुर्या उँछ। शीत गुणले युक्त जडीबुटी को बासनादार एरोमेटिक तेल ले मालिस गर्दा यो रोग निवारण मा अझ राम्रो गर्छ।

२ उष्ण पादस्नानको प्रयोग पनि यो रोगमा रामवाण तुल्य कम गर्छ।

३ तौललाई ततोपानीमा डुबाएर दुखेको ठाउँमा मालिस गर्दा पनि यो रोग मा विशेष फाइदा पुर्याीउँछ। कसै कैसेलाई यसै प्रकारको बरफ़को मालिसले पनि फायदा पुर्यामउने गरेको छ।

४ एक्युपंचर पनि माइग्रेनको उपचारक़ो महत्त्व पूर्ण विधि हो।

५ माइग्रेन रोकथामका लागी किरोप्रैक्टिस, फिज़ियोथेरेपी, मालिस, एक्यूप्रेशर, रिफ्लेक्सोलॉजी, पनि प्रभावक़ारी उपचार हुन।
६ अँध्यारो कोठामा सुत्नाले पनि सामान्य माइग्रेनमा बिरामीले आराम महसुस गर्छन्।

७ मैग्नीशियम, कोएंजाइम क्यु ९त्त०, राइबोफ्लेविन, विटामिन बी १२ जस्ता पोषक तत्त्वले युक्त खाद्यान्न ले पनि माइग्रेन जाती गर्न सहयोग गर्छ।

८ शिरोधारा, शिरोवस्ती,उपयुक्त औषधीयद्रव्यको नास्य जस्ता आयुर्वेदिक उपचार विधि हरू पानी यो रोगमा लाभकारक छन् ।
९ ८ – १० दान ठुलो बादामको दैनिक सेवन गर्ने गरौँ। तुलसीको पातको रस मह सँग बिहान बिहान खाने गरौँ। दूबोको रसको सेवन पनि यो रोगमा लाभकारी छ।

१० जलनेति, सूत्रनेती, कुंजल, एनीमा, जस्ता योगिक सोध्न विधिहरू पनि यो रोगको उपचारका महत्त्वपूर्ण आयामहरू हुन।