मलेसियामा शान्ति ¥याली सहित बुद्ध जयन्ती

हाम्रो सन्देश संवाददाता

मलेसिया, १९ जेठ ।

मलेसियामा रहेका बुद्धधर्मावलम्बीहरुले मनाउदै आएको बुद्ध जयन्तीको अवसरमा मलेसियामा बसोबास गर्ने नेपालीहरुले पनि भव्यताका साथ शान्ति ¥याली सहित बुद्ध जयन्ती मनाएका छन् ।
”बुद्ध नेपालमा जन्मिएका हुन्“ भन्ने नारा सहितका ब्यानर तथा रथ यात्रा गरी मनाइएको सो शान्ति ¥याली झन्डै एक किलोमिटर भन्दा लामो रहेको थियो । रथ यात्रामा नेपाल लगायत, म्यानमार, श्रीलंका तथा मलेसियामा अवस्थित बुद्धधर्मावलम्बीहरुले आ—आफ्नो देश तथा संस्थाको प्रतिनिधित्व गर्ने सजावटका गरेका थिए ।
रथ यात्रामा नेपालको तर्फबाट नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले प्रतिनिधित्व गरेको थियो भने नेपाल राजदुतावासले विशेष सहयोग गरेको थियो ।