दाङमा टिप्परको ठक्करबाट घाईते भएकि केसीको उपचारका क्रममा निधन

हाम्रो सन्देश संवाददाता

जेठ २०, दाङ ।

तुलसीपुरमा टिप्परको ठक्करबाट गम्भिर घाईते भएकी स्कुटी चालकको उपचारको क्रममा काठमाडौमा निधन भएको छ ।

गत जेठ ११ गते तुलसीपुर जेसिज चौकमा टिप्परले स्कुटीलाई ठक्कर दिदा चालक तुलसीपुर ३ दमारगाउ निवासी टिना केसी गम्भिर घाईते भएकि थिईन ।

उनको काठमाडौको मेडिसीटी अस्पतालमा उपचारको क्रममा निधन भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन । रा १ क ५८३ नम्बरको टिप्परले रा ३ प २५३३ नम्बरको स्कुटीलाई ठक्कर दिदा उनी गम्भिर घाईते भएकी थिईन् ।

उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ लगिएको थियो । ठक्कर दिने टिप्पर र चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् ।