गजलः नवराज क्षितिज

हाम्रो सन्देश संवाददाता

खाँचो छैन अब यारहरुको
मुटुमा हान्ने हतियारहरुको ।

मान्छे किन पशुजस्तो हुन खोज्छ 
खडेरी देखिन्छ विचारहरुको ।

सधैं जिवनको म्याराथन दौडन्छ खुट्टा 
लेखिन्छ ईतिहास निधारहरुको ।

जालीहरु बस्ने शहर रहेछ यो 
कहाँ छ खै विश्वास दिलदारहरुको ।

एउटा रंगिन फूल खोजिरहेछ मालीलाई
बगैंचामा प्रवेश हुँदैछ तरवारहरुको ।