डा उपेन्द्र देवकोटाको निधन भएको खबर भाइरल भएपछि श्रीमती मधुले मुख खोलिन, यस्तो छ अवस्था

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ जेठ ।

प्रख्यात स्नायु शल्य चिकित्सक उपेन्द्र देवकोटा आफूमाझ नै रहेको उनकी श्रीमती मधु देवकोटाले बताएकी छिन् ।

पित्त थैलीको क्यान्सरबाट पीडित देवकोटा वेलायतस्थित किग्स कलेजमा ५ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए। त्यसयता उनी न्यूरो अस्पतालमा उपचारत छन् ।

तर, सामाजिक संजालमा शुक्रबार राति र शनिबार बिहानै उपेन्द्र देवकोटालाई श्राद्धाञ्जली दिने काम भएको छ । मानिसहरु हल्लाको पछि लागेका छन् ।

उनकी श्रीमती मधु देवकोटाले स्वास्थ्य पत्रकारको जिज्ञासामा भनिन्, ‘उहाँ हाम्रै माझ हुनुहुन्छ ।’ अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. बसन्त देवकोटाका अनुसार डा. उपेन्द्रलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । तर डा. देवकोटालाई अहिले पनि आईसीयुमै राखिएको छ ।

उनलाई बेलाबेलामा रोगले च्याप्ने र बेलाबेलामा सुधार भएको जस्तो देखिने गरेको छ । तर, शुक्रबार बेलुकीदेखि उनीबारे अप्रिय कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि परिवार पीडामा छ ।

न्यूरो अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै देवकोटाबारे सामाजिक सञ्जालहरुमा सम्प्रेषित खबरमा कुनै सत्यता नरहेको र उनको अहिले सघन उपचार भइरहेको प्रष्ट पारेकाे छ ।

हेर्नुहोस् स्पस्टाेक्ति