यस्ताे छ अाजकाे सुनचाँदीको मूल्य

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ जेठ ।

आज पनि सुन तोलामा थप दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार चार सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि निरन्तर बढ्दै गएको छ । आज चाँदीको मूल्य तोलामा थप पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ८० रुपैयाँ पुगेको छ । चाँदी हिजो सात सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बढ्यो विदेशी पैसाको मुल्य ! आजको लागि साउदी, कतार, मलेसिया लगाएत विभिन्न देशको मुद्राको सटहीदर यस्तो छ..

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यसप्रकार रहेको छ । साउदी रियाल एकको खरिददर २८ रुपैयाँ ७२ पैसा र विक्रिदर २८ रुपैयाँ ८८ रुपैयाँ रहेको छ ।त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ५८ पैसा र विक्रिदर २९ रुपैयाँ ७५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ३२ पैसा र विक्रिदर २९ रुपैयाँ ४९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ र विक्रिदर २७ रुपैयाँ १६ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०२ पैसा र विक्रिदर १० रुपैयाँ ०७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५६ रुपैयाँ ५९ पैसा छ भने विक्रिदर ३ सय ५८ रुपैयाँ ५८ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८५ रुपैयाँ १३ पैसा र विक्रिदर २ सय ८६ रुपैयाँ ७२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।