खाटमुनी दूधे बालक राखेर खाट माथी परपुरुष सँग अनैतिक सम्बन्ध राखेपछि…

हाम्रो सन्देश संवाददाता

न्युरोडस्थित प्रहरी थुनाघरबाट चिच्याउदै आवाज आयो । सर मलाई मोबाईल दिनु न कौशिला खत्र्री (परिवर्तित नाम) केही समय अघि अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ठमेलबाट पक्राउ गरेको समुहकी एक थिइन् । थुनाघरमा मोबाईल बोक्न पाईन्न थाहा छैन हल्लार च्याठियो । सर दिनु न मेरो ६ महिनाको बाबु त्यही छ म तल बस्ने दिदिलाई लिनु भन्छु । कहालिदै रोएको आवाजको त्यो मातृ चित्कार मेरो कानमा पर्यो ।हठात् थुनाकक्षमा पुगे । मोबाईल दिएर कुनै अर्थ थिएन ठमेलको सन्देश खाजाघर अघि नै प्रहरीले सिल बन्द गरेको थियो उनलाई त्यहीबाट नियन्त्रणमा लिइएको थियो । छ महिनाको शिशु भनेपछि हतार हतार भ्यान निकाल्न लगाएर ती महिलालाई समेत साथमा लिएर त्यहाँ पुगे । अघि सिल गरिएको ढोका तोडियो । भित्र पुगेर हेर्दा अघि अनैतिक क्रियाकलापमा समाहित रहेको त्यही खाटको तल ६ महिने शिशु घोप्टिएर निदाएको अवस्थामा भेटियो । उसले दिसाव पिसाव दुवै गरेको थियो । त्यो दृष्यले प्रहरीनै भएपनि मेरा आँखाबाट आँशुका धारा बगे । दिसाव पिसाव सफा गर्न लगाएर फेरी प्रहरी चौकी ल्याइयो । अनैतिक कार्यमा संलग्नलाई पक्राउ गरिसकेपछि प्रमुख जिल्ला अधिकारीको आदेशवीना छोड्न सम्भव थिएन । उनीहरुको वयन तयार गरेर भोलीपल्ट जिल्ला प्रशासन पुर्याउनु थियो । अरुबेला हल्लार वा मुद्धा हेर्ने अधिकारीले नै वयन लिने गर्दथे । उनको त्यो विवशता बुझ्न वयनमा म पनि बसे । उमेरले २६ मात्र पुगेकी उनको घर सिन्धुपाल्चोकको जलविरे रहेछ । माईती काभ्रे । विवाह गरेको ३ बर्षमा नै श्रीमान्को निधन भयो ।उनी बोल्न थालिन् । जतिवेला यो पेटमा थियो । छेउमा सुताइएको ६ महिने शिशुलाई सुम्सुम्याउदै कुरा थपिन् । श्रीमान् ज्यामी काम गर्नुहुन्थ्यो । दिनभरी काम गरेर आउनुभएको उहाँ त्यो राति एक्कासी वेहोस हुनुभयो । थाकेको छु भन्दै घरमै आएर रक्सी खानुभएको थियो । रक्सीले होला भन्ने भयो त्यति धेरै आत्तिन एकछिनपछि त उहाँको प्राण गईहाल्यो । अब भोलीपल्टै देखि खाने केही थिएन । काम गरेर ल्याएको दिन त्यही दिनमात्र खान पुग्थ्यो । आफैले अन्न फलाउने खेतबारी थिए । श्रीमान्को काम सकाउन्जेल गाँउलेको सहयोगमा खाँए । काम सकिएको एकमहिना सम्म गाउँमै बनिवुतो गरे । तर त्यो दुखले जीवन धान्न सक्ने आँट आएन ।हाम्रो काभ्रेका यता काठमाडौ आएर काम गर्ने धेरै थिए । हाम्रै काकी छोरीपनि थिइ । माईत आएको बेला साईला दाईको मोबाईल मागेर काकाकी छोरी (बहिनी) लाई फोन गरे । उसलाई सिन्धुपाल्चोकमा काम गर्न सक्दिन केही सजिलो काम पाए काठमाडौ आउने सुनाए ।

उसले खुशी हुँदै बोलाई, बस्नपनि सँगै बसौला, खर्चपनि कम हुन्छ । कामपनिसँगै गरौला आजै आईज भनी । मैले भोलीपल्ट काठमाडौ जाने निर्णय लिए । उता घरमा भन्नुपर्ने कोही थिएन । माईतमा आमालाई भने । बहिनीसँग जाने भए जा भन्नुभयो । मेरो पेटमा ५ महिनाको बच्चा थियो । जुन कुरा बहिनीलाई थाहा थिएन । मसँग मोबाईल थिएन । घरबाट हिँड्नुअघि साईला दाईकै मोबाईलबाट यतिबेला हिँड्दा यति बजे काठमाडौ आईपुगिन्छ । भन्दै उसैले ३ बजेको समयमा कोटेश्वरमा लिन आउने भन्दै मलाई त्यही उत्रिन आदेश दिएकी थिई । ट्राफिक प्रहरीको गेटैमा बस्न उसको आदेश थियो । धुलिखेल आएर अर्को गाडी समात्दै आउँदा मलाई अलिक ढिला भएछ । खलासीले कोटेश्वर वारी झर्ने छ भन्यो । मैले ट्राफिक प्रहरीको अफिस कता छ भने, वारी छ झर्नुस् भन्यो । म नजिकै झरेछु । उसले उताबाट आउने गाडी हेरिरहेकी रहिछ ।दिदिबहिनीको आँखा जुध्यो । उसलाई मैले नदेखेको ३ बर्ष नै भएको थियो । मेरो बिहेपछि हाम्रो भेट भएन । निक्कै खाईलाग्दी, सफाचट् । राम्री भएकी रहिछ । उसको सुख देखेर मपनि खुशी भएको थिए । उसले मलाई ट्याक्सीमा हालेर कलंकी लगी । कलंकीको मकालु पेट्रोल पम्प नजिक बस्दि रहिछ । ट्याक्सीमा बस्दा उसले मेरो हल्का बढेको पेट देखि । उ छाँगाबाट खसेजस्तै झस्किई । त बच्चा पाउनेछस् । मनमा अमिलो पोखिएझै भएर उसले सोधि । हो भिनाजु वित्नुभन्दा पहिलेनै बसेको थियो मैले भने ।उसले फर्किहाले हुन्थ्यो जस्तो गरेर अब के काम गर्छेस् त भनेर सोधि । मैले त जे गर्छेस् त्यही गर्न सकिहाल्छु नी भने । उ बोलिन । घरपुगेपछि एक दुईदिन बसेर घर फर्किन उसले मलाई बारम्बार दवाव दिई । उसकोपनि काममा जाने कुनै समय थिएन । कसैले फोन गरेपछि काममा जान्छु भन्दै दौडिहाल्थी । ५ दिनजति बसेपछि मलाई नै दिक्क लाग्न थाल्यो । उसलेपनि बोझ भएजस्तो गर्न थाली । मैले गाँउ नफर्किने यही काम खोजिदिन हारगुहार गरे । अरुपनि त मेरो कोही थिएन ।

मेरो वास्तविकता बुझेपछि उसले मुख खोली, आफु यौन पेसामा लागेर जीवन धानेको बताउदै मेरो जीउले साथ नदिने भनि । म एकछिन त एककोहोरिए । तर अब त्यो मेरोपनि बाध्यता थियो । त्यसपछि मैलेपनि उसैको फोनबाट होटल, रेष्टुरेण्ट, खाजापसलबाट आउने अर्डर पुरा गर्न जान थाले । पेटको बच्चा खेरा जाने हो की भन्ने डर लाग्थ्यो । तर केही भएन ।यो पेटमा भएको ८ महिनासम्म नै गए । फेरी उनले बच्चाको ओठमा लागेको दाग फुछ्दै बच्चालाई देखाईन् । उनले कुरा जोडिन् ग्राहक खोज्नेवालाहरुले यस्तो छ भनेरै मेरो अवस्थाको बारेमा जानकारी दिएरै बोलाउथे । ग्राहकले गर्भवती नैपनि छोड्दैन थिए । त्यसपछि यो बाबु भयो । सुरुको ३ महिनासम्म बाबु नै हेरे । पहिलेको दुई महिनाको पैसा सकियो । बहिनीबाट छुट्टै बस्न थालिसकेकी थिए । फेरी बाबु जन्मिएको ३ महिना पुगेपछि हिँड्न थाले । ३ महिनाको बाबुलाई अघि राखे जसरी नै त्यही खटियामुनी राख्थे । र माथी ग्राहकलाई सन्तुष्टि दिने गर्दथे । त्यही शिशुको पेट भरिने दुध आउने बन्नका लागि मेरो पापी पेट भर्न यस्तो गर्न बाध्य भए सर । उनी निरन्तर बोलिरहेकी थिइन् । बयन लिने र म एकोहोरो भएर सुनिरहेका रहेछौ । त्यही निचोडको बयन तयार गरेर भोलीपल्टै पहिलो कार्यालय समयमा प्रजिअ कार्यालय लगेर धरौटीमा छोडिदियौँ । त्यो वयनले मलाई जहिलै पिडा दिन्छ । हामी कोही मानिसको नियती कस्तो छ भनेर बारम्बार घोरिने गर्छु । यो विवशता कहिले तोडिन्छ ? मेरो मनले हर क्षणमा मलाई नै प्रश्न गरिरहन्छ ।यी शब्दावली काठमाडौका एक प्रहरी अधिकारीले बयन लिँदाको घटना सन्र्दभमा सुनाएको सत्यमा आधारित हुन्।