तीब्र उतारचढावका बीच सोमबार बढ्यो नेप्से , यी हुन् कमाउने र गुमाउने कम्पनीहरु

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, जेठ २९ ।

सेयर बजारमा शेयर कारोबारमा तीब्र उतारचढाव देखिएको छ। १२ बजेर २० मिनेट सम्ममा २० अंकले उक्लिएको बजार त्यसपछि झरेको थियो। अन्तत फेरि ९.५५ अंकको सुधार सहित नेप्से १ हजार २ सय ४१ दशमलव १९ अंकमा पुगेर बजार बन्द भएको छ ।

केही दिनदेखि निरन्तर ओरालो लागेका कारण कारोबार रकम पनि घटिरहेकोमा सोमबार भने कारोबार रकममा सुधार देखिएको छ। सोमबार १७० कम्पनीका ४३ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार १६२ कम्पनीको ११ लाख ७६ हजार ३४ शेयर कारोबार हुँदा ४४ करोड ४३ लाख ९२ हजार ८ सय १३ रुपैया बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका चार वटा उपसूचक बढे पनि देखिए पनि व्यापार, विकास बैंक र फाइनान्स भने घटेको छ। सबै भन्दा धेरै बिमा १०२.८ अंकले बढेको छ भने होटल्स६०.६७ अंकले बढेको छ भने फाइनान्स सबै भन्दा धेरै ३.७१ अंकले घटेको छ ।

यस दिन नविल बैंकको प्रमोटर शेयरको सबैभन्दा धेरै तीन करोड ८५ लाख रुपैयाँको करोबार भएको छ। लगानीकर्ताले ५ प्रतिशत भन्दा धरै कमाउने कम्पनीमा उन्नती माइक्रोफाइनान्स,नेपाल हाइड्रो डेभलपर्स, मिथिला लघुवित्त, समता माइक्रोफाइनान्स, एनएलजी इन्सुरेन्स, सिद्धार्थ इन्सुरेन्स,प्रभु बैंक, लक्ष्मी बैंक रहेका छन् ।

त्यस्तै यस दिन एभरेस्ट बैंकको प्रमोटर्स सेयरका लगानीकर्ता रहेका छन् जसको सेयर मूल्य ९.२१८८ प्रतिशतले घटेको छ ।
अन्य गुमाउने कम्पनीमा ….