सञ्जय दत्तको अस्थायी प्रेम, कठिन जीन्दगी

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म सञ्जु रिलिज हुन दुई साता बाँकी छ । तर फिल्मको कथाबस्तुको समिक्षा निक्कै पटक भइसकेको छ । रिलिज भएको फिल्ममा कलाकारको अभिनय मात्र समिक्षाका लागि बाँकी छन् ।

सञ्जय ड्रग, दाउद इब्राहिमको समुहसँगको सम्बन्धका कारण जेल जीवन बिताउने कलाकार हुन् । तर उनको रिलसँगै रियल लाइफमा पनि कतिपय हिरोइन र युवतीहरू आएका थिए । जसको आजभोलीको रूप तस्बिरमा राखिएको छ।

सञ्जयको पहिलो प्रेम अभिनेत्री टिना मुनिमसँग भयो । उनको प्रेम जीवन चलिरहँदा उनी ड्रग्स लिन्थे । जुन विषयबारे टिनालाई जानकारी नदिएको भन्दै सम्बन्ध लामो समय टिकेन ।

९० को दशकको सुरुआती समयमा बलिउडमा बोल्ड र सेक्सी अवतारमा देखिएकी किम्मि काटकर सञ्जयकी दोस्री प्रेमिका हुन् । उनीसँग पनि ड्रग्सकै कारण सम्बन्ध टुटेको बताइन्छ ।

ड्रग्सको लतबाट अति प्रभावित हुन थालेपछि सञ्जय अमेरिकामा रहेको रिह्याव सेन्टरमा एक वर्ष बसे । उनी आफैं त्यो लतबाट छुट्न चहान्थे । त्यसपछि उनको सम्बन्ध माधुरी दिक्षितसँग स्थापित भयो ।

माधुरीसँग नजिकिएका सञ्जयको दाउद समुहसँग सम्पर्क रहेको अभियोग र मुम्बई विस्फोटमा जेल परेपछि सम्बन्ध टुट्यो । माधुरी एक पटक पनि सञ्जयलाई भेट्न जेलसम्म पुगिनन् र दुवैले आ–आफ्नो बाटो रोजेका थिए ।

त्यसपति सञ्जयको प्रेम फेसन डिजाइनर रेहा पिल्लईसँग भयो । रेहा र सञ्जयका अतिरिक्त प्रेम सम्बन्धको चर्चा चलेपछि उनीहरूबीच सम्बन्ध कुँडियो र सम्बन्ध विच्छेद भयो ।

अहिले सञ्जय दत्तको बैबाहिक सम्बन्ध मान्यतासँग रहेको छ । उनी र मान्यताको जोडीलाई सञ्जयका मित्र गुल्सन ग्रोबरले मिलाएको बताइन्छ ।

त्यसो त सञ्जयकी छोरी तिर्सना अमेरिकामा छिन् । उनकी जेठी पत्नी ऋचातर्फकी छोरी हुन् । ऋचाको ब्रेन क्यान्सरका कारण मृत्यु भएको थियो ।
-एजेन्सीको सहयोगमा