गृह मन्त्रालयद्वारा बाजेको सेकुवामा सिल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, जेठ ३० ।

साढे ३३ किलो सुन तस्करीको प्रकरणको छानबिनका लागि गृहमन्त्रालयका सह–सचिव ईश्वर पौडेल नेतृत्वको समितिले काठमाडौंस्थित बाजेको सेकुवामा छापा मारेको छ ।
सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)का मामा भनिने चेतनाथ भण्डारीले सञ्चालन गर्ने बाजेको सेकुवा पसलमा सुन प्रकरणको छानबिन समितिले बुधवार छापा मारेको हो ।
समितिले काठमाडौंको बत्तिसपुतली र सोह्रखुट्टेमा रहेको बाजेको सेकुवा कर्नरमा छापा मारेको हो । सुन तस्करीसँग सम्बन्धित कागजात र सामानहरू रहेको आशंकामा समितिले पसलमा छापा मारेको हो । छापा मारेपछि पसल शिल गरिने समितिका एक सदस्यले बताए ।
गृह मन्त्रालयको छानबिन समितिका अनुसार गोरेका मामा नाता पर्ने चेतन पनि सुन तस्करीमा संलग्न थिए ।
समितिका अनुसार चेतनले सुनमा लगानी गर्ने तथा तस्करी गरेर ल्याएको सुन व्यवस्थापन गर्ने काम गर्दथे ।