पापी बाउ :सुतिरहेको नाबालक छोरालाई चक्कुले छातीमा हानेर गरे बाबुले निर्मम हत्या

हाम्रो सन्देश संवाददाता

भक्तपुर, जेठ ३० ।

भक्तपुरको चागुनारायण नगरपालिका–५ खरिपाटी घर भई हाल भक्तपुर–१० कमलविनायक बस्दै आएका पहलमान गिरीले आफ्नै नाबालक छोराको हत्या गरेका छन् । घरमा सुतिरहेका १२ वर्षीय प्रतिक गिरीलाई आइतबार बिहान पहलमानले तरकारी काट्ने चक्कुले पेट, कोखा, छाती लगायतका स्थानमा प्रहार गरेर हत्या गरेको महानगरीय प्रहरी वृत जगातीले जानकारी दिएका छन् ।

चक्कु प्रहारबाट गम्भिर घाइते भएका प्रतिकको उपचारको क्रममा केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएको थियो । परिवारका अन्य सदस्य कोही नभएको बेलामा छोराको हत्या गर्ने कार्यमा संलग्न पहलमानलाई महानगरीय प्रहरी वृत जगाती ले नियन्त्रणमा लिएको छ ।चक्कु प्रहारबाट गम्भिर घाइते भएका प्रतिकको उपचारको क्रममा केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएको थियो । प्रहरीले पहलमानमाथि कर्तब्यज्यान मुद्धामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।