प्रवेशिका परीक्षा एसईईको नतिजा आउँदै, करिब ५ लाख परिक्षर्थीको अवस्था के होला ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, जेठ ३१ ।

प्रवेशिका परीक्षा एसईईको नतिजा अर्को हप्ता प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार अबको केही दिनमा नै नतिजा प्रकाशन गर्ने तयारी भइरहेको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार हालसम्म उत्तरपुस्तिका परीक्षणको काम सकिएको र अब अन्तिम चरणको काम बाँकी रहेकाले नतिजा प्रकाशनको अन्तिम काम भइरहेको छ ।

हाल प्राप्ताङक प्रशोधनसम्बन्धी काम बाँकी रहेको र त्यो एक हप्ता भित्र सकेर नतिजा प्रकाशन गरिने बताइएको छ । गएको चैत ८ गतेदेखि २० गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ झण्डै चार लाख ६१ हजार र एक्जाम्टेडतर्फ झण्डै २४ हजार परीक्षार्थी सहभागी भएका थिए ।