घटेको बजारमा पनि बिहिबार यी कम्पनीका लगानीकर्ताले भने कमाए

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, असार १४ ।

साताको अन्तिम कारोबार दिन बिहिबार पनि नेप्से रातो भएरै बजार बन्द भएको छ । अघिल्लो दिन बुधबार केहि बढेर आशा जगाए पनि बिहिबार घटेर बजार बन्द भएको छ ।

बुधबार नेप्से ४ दशमलव ६२ अंकले बढेर १ हजार १ सय ९९ दशमलव ४२ अंकमा पुगेको थियो । बिहिबार नेप्से शुन्य दशमलब ८८ अंकले घटेर १ हजार १ सय ९८.५ अंकमा आइपुगेको छ ।

बिहिबार ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने सुन्य दशमलव १२ अंकले बढेर २ सय ५२ दशमलव ०९ अंकमा पुगेको छ ।

नेप्से घटे पनि बिहिबार कारोबार रकममा भने वृद्धि भएको छ । बुधबार १५७ कम्पनीको ५ लाख ८३ हजार ७ सय ३२ कित्ता सेयर किनबेच हुँदा १७ करोड ३० लाख ७७ हजार ६ सय ९१ रुपैयाको कारोबार भएकोमा बिहिबार भने १६४ कम्पनीको ११ लाख ४८ हजार ३ सय ६९ कित्ता शेयर कारोबार हुँदा २४ करोड २९ लाख ८६ हजार ७ सय ३८ रुपैया बराबरको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका मध्ये तिन समूह : बैंक, जलाबिधुत र फाइनान्स बाहेक अन्य सबै समूहमा गिरावट आएको छ ।
सबै भन्दा बढी उत्पादन समुह १६.१२ अंकले घटेको छ भने बीमा समूह १५.६७ अंकले घटेको छ ।

यस दिन सोल्टी होटलको सबै भन्दा धेरै रकमको शेयर कारोबार भएको छ ।

यस दिन सर्बाधिक कमाउनेमा नयाँ नेपाल लघुवित्त बिकास बैंकका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य शेयर ६ दशमलव ०३ प्रतिशतले बढेको छ । त्यस्तै आइएफआइसी फाइनान्सका लगानीकर्ताले ५ दशमलव ३९ प्रतिशत, न्याग्दी पावरको लगानीकर्ताले ३ दशमलव ५९ प्रतिशतले र सेन्ट्रल फाइनान्सको लगानीकर्ताले ३.५४ प्रतिशतले कमाएका छन् ।

त्यस्तै यस दिन सर्बाधिक गुमाउनेमा भने रिलायन्स फाइनान्सका लगानीकर्ता रहेका छन् । फाइनान्सको शेयर मूल्य ४ प्रतिशतले घटेको छ त्यस्तै मिर्मिरे माइक्रोफाइनान्सका लगानीकर्ताले ३.८१ प्रतिशतले गुमाएका छन् । नेसनल माइक्रोफाइनान्सका लगानीकर्ताले ३.३३ प्रथ्शातले गुमाएका छन् हाइड्रोपावर कम्पनीको लगानीकर्ता रहेका छ जसको सेयर मूल्य ९ दशमलव ७६ प्रतिशतले घटेको छ ।