असार १५ सम्म पनि बर्दगोरियामा २५ प्रतिशत रोपाई सकिएन

हाम्रो सन्देश संवाददाता

पदम ओझा- असार १५, कैलाली ।

असार १५ लागी सक्दा अझै बर्दगोरिया गाउपलिका लगाएत कैलालीका किसानहरूका खेत बाझै देखिन थालेका छन । पहिले पहिले जेष्ठ महिनामै धेरै किसानहरुले रोपाई गरिसकेका हुन्थ्ये । यस बर्ष पानी नपरेका कारण किसानहरु मर्कामा परेका छन । गर्मी अत्यधिक बढिरहेका बेला आकासे पानीका भरमा रोपाई गर्ने किसानहरु पानी नपर्दा समस्यामा परेका हुन । हामी सङ कुरा गर्दै बर्दगोरिया गाउपालिका कृषि शाखाका सुरेश ढुंगानाले गत बर्षको तुलना मा यस बर्ष पानी नपरेका कारण अहिले सम्म २५ प्रतिशत मात्र रोपाई भएको बताए । उनका अनुसार आकासे पानी नपरेर समस्या भई रहेका बेला बोरिङ र मोटरमा समेत पानी नाआउनाले किसान झन समस्यामा परेको बताए । पानीको सतह सुकेका कारण मोटर ,बोरिङ र नल्कामा समेत पानी आउन छोडेको ढुंगानाले बताए । यसै गरि हामीले बर्दगोरिया गाउपलिका वडा न २ का अध्यक्ष तथा किसान भेखु चौधरिलाई सोद्धा उहाले पनि अझै सम्म आफ्नो खेत रोप्न नसकेको बताए । सिचाइको सुबिधा छैन,आकासे पानीको भर पर्दा पानी नआएका कारण अहिले सम्म खेत रोप्न नसकेको गुनासो व्यक्त गरे । यस्तै हामी सङ कुरा गर्दै अर्का किसान भोले चौधरिले भने असार १५ लाई रोपाई दिवस भनेर मनाउन समेत समस्या भएको बताए । उनले पनि अझै आफ्नो खेत नरोपेको बताए । पानी परेको छैन कसरी रोप्ने प्रत्यक किसानको समस्या रहेको चौधरिले गुनासो गरे । एकदुई दिन अगाडी थोरै मत्रामा पानी परेर किसानलाइ राहत मिले पनि अझै धेरै सम्स्या रहेको छ । सिचाइ सुबिधा समेत न भएको बर्दगोरिया गाउपालिकाका अधिकास किसानहरु आकास हेर्दै दिन कटाउन बाध्य भएका छन । अत्याधिक गर्मिका कारण बिरामिको संख्यामा पनि वृद्धि हुन थालेको छ । पानी न आएर समस्या भई रहेका बेला किसानले अर्को समस्या सङ जुध्नु परेको छ । छाडा पशु चौपायाका कारण किसानले दोहोरो समस्या झेल्नु परेको हो । छाडा चौपाय राती आएर बिया खाईदिने भएकाले किसानलाई दोहोरो समस्या परेको हो ।