अफगानिस्तानमा आत्मघाती बम हमला, १९ जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

१८ असार, पोखरा ।

अफगानिस्ताको पूर्वी शहर जलालावादमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मारिने अधिकांश शिख समुदायका मानिस रहेका छन् । राष्ट्रपति असरफ घानीसँग भेट गर्न जाँदै गरेका उनीहरु सवार गाडिमा बम विस्फोट गराइएको हो ।
राष्ट्रपति घानी दुई दिनका लागि जलालावादमा जानुभएको थियो । मारिने मध्ये स्थानीय शिख नेता अवतार सिंह खालसा पनि रहेका छन् । अवतार सिंह आगामी अक्टोबरमा हुने संसदीय चुनाव लड्ने योजनामा रहेको बताइएको छ । इस्लामिक स्टेटले घटनाको जिम्मेवारी लिएको छ ।