‘अब सन्तानको प्लान कहिले गर्नुहुन्छ?’ भन्ने पत्रकारको प्रश्नको उत्तर नायिका स्वस्तिमा खड्काले दिईन मुखभरिको जवाफ

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २२ असार ।

नायिका स्वस्तिमा खड्काले बच्चा जन्माउन कुनै ठूलो कुरो नभएको बताएकी छिन्। बुधबार २३ औँ जन्मदिन मनाउने क्रममा पत्रकारले ‘अब सन्तानको प्लान कहिले गर्नुहुन्छ?’ भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो जवाफ दिएकी हुन् । नयाँ बानेश्वरस्थित अनानिके व्युटिपार्लरमा जन्मदिनको अवसरमा आयोजित विशेष कार्यक्रममा सञ्चारकर्मी र सिनेकर्मीको माझ उनले यसो भनि रहँदा कार्यक्रमभर हाँसो गुञ्जयमान भएको थियो।

‘छक्का पञ्जा’की निर्देशक दीपाश्री निरौला, जीतु नेपाल, वर्षा राउत, सुमन गिरी भन्जा लगायतकाको उपस्थितिमा उनले केक काटेकी थिइन्। कार्यक्रममा स्वस्तिमाका पति निर्देशक कलाकार निश्चल बस्नेतलाई बोलाइएको भएतापनि चलचित्र ‘प्रसाद’को छायांकनले गर्दा उनी उपस्थित हुन सकेका थिएनन्। सन्तानको प्रसंग आएपछि माहोल केही तातिएको थिया ।

प्रसंगलाई थप मत्थर पार्न उनले थपिन्, ‘आफै त बच्चा छु, फेरि बच्चाको प्लान कसरी गर्नु? फेरि जन्माउने नै हो भने के ठूलो कुरो रह्यो र?’ भन्दै सबैलाई मुखभरिको जवाफ दिएकी थिईन । प्रतिप्रश्न गरेकी नायिका स्वस्तिमा त्यसपछि लामो हाँसो हास्दै भन्छिन्, ‘करिअर अगाडि बढीरहेको छ। हामीले तत्काल यसको बारेमा सोचेका छैनौँ।’

‘होस्टल रिर्टन्स’बाट नेपाली सिने नगरीमा डेब्यु गरेकी नायिका स्वस्तिमा खड्का पछिल्लो समयमा दर्शकले खोजिने नायिकाको सूचिमा पर्छिन्। स्वस्तिमालाई धेरैले ‘कुटुमा कुटु गर्ल’ भनेर पनि चिन्ने गर्छन् । उनको यो गीतले युट्युवमा नेपाली गीतसंगितको इतिहासमा सबै भन्दा धेरैपटक हेरिने गीतका रुपमा कीर्तिमान कायम गरेको छ।