अमेरिकामा एक नेपाली मारिए

हाम्रो सन्देश संवाददाता

न्युयोर्क, २२ असार ।

अमेरिकाको भर्जिनिया राज्यमा लुटेराको गोली प्रहारबाट एक नेपालीको मृत्यु भएको छ ।

हर्नडन सहरको फ्रयांकलिन फर्मस्थित सुनाको ग्यास स्टेसन लुट्न आएका लुटेराले बुधबार बिहान ४० वर्षीय रेशम बजगाईंका टाउकामा गोली प्रहार गरेका हुन् ।

गोरखाको केराबारी पुख्र्याैली घर भई पछिल्लो समय चितवन, भरतपुर बस्दै आएका बजगाईंमाथि ग्यास स्टेसनमा काम गरिरहेको अवस्थामा आक्रमण भएको थियो ।

घटनाबारे वासिंगटन पोस्ट अनलाइनले स्थानीय फेयरफयाक्स प्रहरीलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार पसल लुट्ने नियतले लुटेराले बजगाईंमाथि आक्रमण गरेका हुन् ।

करिब नौ महिनाअघि मात्र अमेरिका आएका बजगाईंका श्रीमती र पाँच वर्षीया छोरी अमेरिकामै छन् । यो खबर आजको कान्तिपुर राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।