मिथुन चक्रवर्तीको परिवार छोराको कारण संकटमा: बिहेकै मुखमा आमा-छोरा नै जेल जान सक्ने !

हाम्रो सन्देश संवाददाता

एजेन्सी ।

यतिबेला बलिउडलका चर्चित अभिनेता मिथुन चक्रवर्तीको परिवार छोरा महाअक्षय चक्रवर्ती उर्फ मिमोहका कारणले तनावमा रहेको छ। मिथुन पुत्र मिमोहको विवाहको ठिक ६ दिन पहिले मोमोह र मिथुन पत्नी योगिती बालीविरुद्ध बलात्कार र छलकप अनि बिना सहमति गर्भपतन गराएको आरोप लागे छ।

चलचित्र निर्देशक सुभाष शर्मा र शिला शर्माकी छोरी मदालसासँग मिथुनका छोराको विवाह हुन लागेकै बेला यस्तो आरोपसहित मोमोह र योगितीविरुद्ध मुद्दा भएसँगै मिथुनको परिवारमा संकट परेको छ। मिमोहले विवाह गर्न लागेकी अभिनेत्री मदालसाले सन् २००९ मा तेलुगु चलचित्र फिटिंगबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्। उनले शौर्य लगायतका नया चलचित्रमा पनि काम गरिसकेकी छन् ।

मिथुनक छोरा र पत्नीविरुद्ध मुदा दर्स्ता गर्ने महिला पनि अभिनेत्री नै हुन्। उनी भोजपुरी चलचित्रकी एक चर्चित रहेकी छन्। पिडित महिलाको मुद्धा हेरिरहेका वकिल रवी सोनीका अनुसार घटना घट्नु अघि मिठुनका छोराले नाशालु औषधि खुवाएको आरोप छ। पिडित महिलाले मिथुन पुत्र र उनको विगत ४ वर्षदेखि सम्बन्ध भएको बताएकी छिन्। उनले मिमोहले विवाह गर्न लागेको थाहा पाएपछि विवाह रोक्न र मिमोह र योगितालाई तत्काल पक्राउ समेत माग गरेकी छन् ।

मिमोहले ती युवतीमाथि हिसा गरेको र नशालु पदार्थ खुवाएर जवर्जस्ती शारीरिक सम्पर्क गरेको पनि आरोप लागेको छन्। मिमोहको पिडित महिलासँग नै विवाह गराउन वकालत गरिरहेका वकिलका अनुसार ती महिला विवाहको लागि राजी छिन् तर मिमोहको परिवार भने विल्कुल असहमत छ। अब मिथुनका छोरा २ दिन्न सम्म प्रहरी हिरासदमा रहने छन्। अब मिथुनका छोरा मिमोहलाई मुलुकी कान अनुसार कारवाही हुनेछ।

यद्यपि, मिमोहले मुम्बइको उच्च अदालतमा एउटा अग्रिम जमानतको लागि निवेदन पनि दिएका थिए। तर, उनको जमानतको माग अदालतले ठाडै अस्वीकृत गरेको छ।