शाहरुखकी छोरी सुहाना विदेशी युवकको प्रेममा रहेको हुनसक्ने आशंका

हाम्रो सन्देश संवाददाता

एजेन्सी ।

बलिउड स्टार शाहरुख खानको छोरी सुहाना खान विदेशी युवकको प्रेममा रहेको हुनसक्ने आसंका गरिएको छ । उनले एक विदेशी नागरिकलाई अंगालोमा बेरिएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेपछि यस्तो आसंका गरिएको हो । यसअघि सुहानाले आफ्ना केटी साथीहरुसँग मोजमस्ति गरिरहेका तस्वीरहरु सार्वजनिक हुने गरेका थिए ।

उनी पहिलोपटक कुनै पुरुषसँग यति नजिक देखिएकी हुन् । यी युवक उनको कलेज फ्रेन्ड भएको बताइएको छ । तर तस्वीरको प्रकृति हेर्दा उनीहरुबीच मित्रताभन्दा बढि नै गहिरो सम्वन्ध रहेको भान हुन्छ । सुहानाको फ्यान पेजमा यो श्यामश्वेत तस्वीर सार्वजनिक भएको हो । फोटोको क्याप्समा ‘इद मुबारक टु एभ्रिवान’ लेखिएको छ ।

साथै यो कुनै पार्टीमा सुहानाले आफ्नो साथीसँग खिचेको जनाइएको छ । मुम्बईमा धीरुभाई अम्बानी इन्टरनेसनल स्कुलमा पढेकी सुहाना अहिले लन्डनको आर्डिन्ली कलेजमा पढिरेहकी छन् । यी युवक सोही कलेजका साथी भएको बताइएको छ । सुहाना भारतीय मिडियाले अत्यधिक पछ्याइरहेकी स्टार किड्समा पर्छिन् । उनी चाँडै फिल्ममा आउन सक्ने अड्कल पनि काटिएको छ । अभिनयबाहेक उनको रुची खेलकुदमा पनि छ । बाबु शाहरुखले छोरीलाई फिल्म वा खेलकुद जहाँ करिअर बनाउन चाहे पनि आफूले सहयोग गर्ने बताउँदै आएका छन् ।