आज कारोबार भइरहेको सुनचाँदीको मूल्य ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, असार २५ ।

सोमबार नेपाली बजारमा केही सातादेखि लगातार सुनचाँदीको मूल्यमा यथावत नै कायम भएको छ ।

आइतबार छापावाल प्रतितोला सुनको मूल्य ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी प्रतितोला सुनको मूल्य ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, साताको लगातारझैं सोमबार पनि यही मूल्यमै सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार चाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

आइतबार प्रतितोला चाँदीको मूल्य ७६० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार पनि यही मूल्यमै कारोबार भइरहेको जनाएको छ ।